
कुनै समय निक्कै नै चर्चित हिन्दि धाराबाहिक टेलिशृंखला ‘महाभारत’मा भीमको भूमिका निभाउने कलाकार प्रवीण कुमारको मंगलबार निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लामो समयदेखि बिरामी रहेका प्रबिण भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका बताइएको छ । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए ।
उनले ५० भन्दा बढी बलिउड चलचित्रमा काम गरिसकेका छन् । उनको पछिल्लो चलचित्र ‘महाभारत और बर्बर’ सन् २०१३ मा रिलिज भएको थियो ।
अभिनय र खेलकुदका अलवा प्रवीण राजनीतिमा पनि प्रवेश गरेका थिए । उनले आम आदमी पार्टीबाट दिल्लीको बजीरपुर क्षेत्रबाट निर्वाचन समेत लडेका थिए । पछि उनले आम आदमी पार्टी छाडेर भाजपा प्रवेश गरेका थिए ।
काम नपाएका कारण जीवनयापनमा समस्या भएपछि प्रवीण कुमारले सरकारले पेन्सन दिन माग समेत गरेका थिए ।

