राजनीति समाचार

कमल थापा द्वारा राप्रपा बाट अलग भएको घोषणा ।

राष्ट्रिय प्रजातन्त् पार्टी का पूर्व अध्यक्ष कमल थापाले पार्टीबाट अलगिने घोषणा गरेका छन । पार्टी भित्र आफ्नो कुराको सुनवाई नहुने भएपछी आफुले सो निर्णय लिन बाध्य भएको प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।

‘अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु । पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी कियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनवाई नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ’, थापाले भनेका छन् ।
राप्रपामा रहँदा पार्टीका साथी, सहयोगी र शुभचिन्तकहरूबाट प्राप्त सहयोग, सद्भाव र स्नेहप्रति सदैव आभारी रहने थापाले बताएका छन् । राप्रपामा कसैसँग पनि वैरभाव नरहेको भन्दै उनले सबैको भलो होस् भन्ने कामनासमेत गरेका छन् ।
‘पार्टीमा रहँदा बिताएका क्षणहरुप्रति म सदैव गौरव गरिरहने छु,’ उनले भनेका छन् ।
थापाले हिजो मात्रै आफ्नो पक्षको भेला आयोजना गरी स्थानीय चुनावको घोषणासम्म माग सुनवाइ नभए पार्टी छोड्ने सन्देश दिएका थिए । उनी नयाँ पार्टी गठनको तयारीमा छन् ।

ताजा समाचार

मध्यपुर -४ स्थित शंखधर पार्कको भव्य उदघाटन ।

Madhyapur Diary

Goldstar जुत्ताले गर्‍यो अमेरिकी बजार प्रवेश

Madhyapur Diary

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy