मनोरञ्जन समाचार समाज

दुर्गेस थापाको नंया गीत “”फेरी बिबादमा, प्रशारण रोक्न माग ।

काठमाडौं । वैज्ञानिक समाजवादी महिला संगठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरेको छ ।

संगठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो ।
“कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो,” विज्ञप्तिमा भनिएको छ । रासस

 

ताजा समाचार

बलिउड नायक सुनिल सेट्टीले नेपाली चलचित्र एक्स नाइनमा खेल्ने ।

Madhyapur Diary

गाडिले ठक्कर दिंदा १ बालकको मृत्यु ।

Madhyapur Diary

थिमिको सिद्धिकालिमा नेवाम्याक्स इलेक्ट्रोनिक्स सोरुम सञ्चालनमा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy