टीभी मनोरञ्जन समाचार

बलिउड नायक सुनिल सेट्टीले नेपाली चलचित्र एक्स नाइनमा खेल्ने ।

Buzz Education

 

कार्तिक -४ -बलिउडका चर्चित नायक सुनिल सेट्टीले नेपाली चलचित्र एक्स नाइनमा खेल्ने भएका छन । चलचित्रका निर्देशक मुकुन्द भट्टले चलचित्रमा सुनिल सेट्टीलाई अनुबन्ध गराई खेलाउने संकेत स्वरूप फेसबुकमा स्ट्याटस हालेदेखि उक्त चलचित्र चर्चामा थियो। आगामी बर्षको दशैमा रिलिज गर्ने लक्ष्य सहित चलचित्रको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा सुनिल सेट्टीले फिलिम खेल्ने कुराको यकिन टुङगो भएको कुरा फेसबुक मार्फत नै गरीएको छ ।

बिज्ञापन
बिज्ञापन

निर्देशक भट्टले चाँडै फिल्मबारे ठूलो घोषणा गर्ने बताउँदै लेखेका छन्, ‘निर्देशकका रुपमा तपाईंसँग काम गर्न पाउँदा खुसी छु सुनील सेट्टी सर। तपाईंलाई नेपाली भूमिमा स्वागत छ।’
बलिउड अभिनेता सुनील सेट्टीलाई भारतको महाराष्ट्रमै गएर भेटेको तस्बिर सार्वजनिक गरेका निदेशक भट्टले बनाउन लागेको चलचित्रमा नेपाली कलाकार हरुमा अनमोल केसी, सौगात मल्ल, अनुप विक्रम शाही, प्रियंका कार्कीलगायत कलाकारहरू रहने बताईएको छ।


यस अगाडी नेपाली चलचित्र “लप्पन सप्पन ” बनाएका भट्टको यो चलचित्र एक्सन प्रधान हुने बुझिएको छ।
तिहार लगतै नेपाल लगाएत यूरोपका बिभिन्न शहरहरुमा
चलचित्रको छायाकन हुने बताईएको छ ।

बिज्ञापन
बिज्ञापन
Buzz Education

ताजा समाचार

गोपाल मान श्रेष्ठ सभापतिमा उठ्दै

Madhyapur Diary

तेस्रो एपिक नेपाल म्युजिक अवार्डको मनोनयन सार्वजनिक

Madhyapur Diary

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy