
नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र गोकुल गंगा गाउँपालिका अस्पताल बीच सहयोग सम्बन्ध कायम भएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ र गोकुल गंगा गाउँपालिका खडग बहादुर सुनुवार बीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा उल्लेख गरीए अनुशार मध्यपुर थिमि नगरपालिका स्थित नेपाल कोरिया मैत्री अस्पतालले गोकुलगंगा गाउँपालिका अस्पताललाई कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग पुर्याउने छ भने गोकुलगंगा अस्पतालको संयोजनमा कोरिया नेपाल मैत्री अस्पतालले स्वास्थ्य शिबिर सञ्चालन गर्ने, गोकुलगंगा अस्पताललाई टेलिकन्सल्टेसन मार्फत स्वास्थ्य परामर्श प्रदान गर्ने र गोकुलगंगा अस्पतालको सिफारिसमा गोकुलगंगा गाउँपालिका बिरामीहरुलाई नेपाल कोरिया मैत्री अस्पतालमा उपचार गराउँदा छुटको ब्यबस्था गर्ने लगाएतका बुदाहरूमा सम्झौता भएको बताईएको छ ।


