माघ २ भक्तपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तरगत सेमिफाइनल चरणका खेलहरु आज (आइतवार) हुने भएको छ । सानोथिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा जारी भक्तपुर जिल्ला लिगको सेमिफाइनलमा लोकन्थली एफसी, भक्तपुर युनाईटेड एफसी, थिमि युथ क्लव र विश्व विनायक युथ क्लव पुगेका छन ।
सहभागी क्लवलाई दुई समूहमा विभाजन गरी खेलाईएको लिगमा समूह ए बाट लोकन्थली एफसी र भक्तपुर युनाईटेड एफसी तथा समूह बी बाट थिमि युथ क्लव र विश्व विनायक युथ क्लवले सेमिफाइनलमा स्थान बनाएका हुन ।
प्रतियोगिताको पहिलो समिफाइनल खेलमा दिउँसो ११ बजे लोकन्थली एफसी र विश्व विनायक युथ क्लवबीच हुने बताईएको छ त्यस्तै दिउँसो ३ बजे हुने दोस्रो सेमिफाइनल खेलमा भक्तपुर युनाइटेड र थिमि युथ बीच प्रतिष्पर्धा हुनेछ ।