मनोरञ्जन समाचार

नेपाल आईडल सिजन 4 को उपाधि भूपेन्द्र लाई ।

नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि शनिवार भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन् । शनिबार राति सम्पन्न भएको ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन् ।

उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरेका छन भने नेपाल आइडल सिजन-४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र  रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए । उनीहरुले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरेका छन ।


एपीवान टेलिभिजन बाट नेपाल आइडलको  प्रसारण हुँदै आएको छ भने यो सिजनमा संगीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायको रुपमा थिए ।

ताजा समाचार

बोडेमा चैत्र २९ गते सुभकामना सांस्कृतिक सॉझ हुने ।

Madhyapur Diary

बलिउडका यी कलाकारहरू नेपाल आउँदै

Madhyapur Diary

मध्यपुर सञ्चार समाजद्वारा नगरप्रमुख तथा उपप्रमुखलाई बधाई तथा शुभकामना ज्ञापन ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy