समाचार समाज

मध्यपुर थिमिको भित्री बस्तीमा युवाहरूको सफल कालिज पालन ब्यबसाय ।

 

भाद्र – ३१ -मध्यपुर थिमि -४ इनाय टोलका सचिन बज्राचार्य र उनका साथिहरू यतिबेला कालिजको रेखदेख र हेरबिचार गर्न व्यस्त छन्। उनीहरूले करिब ६ महिना पहिले २५० वटा कालिजका चल्लाहरू ल्याएर आफ्नै करेसामा फार्म बनाई कालिज पाल्न थालेका हुन् । मध्यपुर थिमिको दुईपोखरी बाट केही माथि राज गणेश मन्दीरको पश्चिम तिर मोडेर गल्लीको बाटो हुँदै पुगिने पाँगु टोलमा सचिन र उन्का साथिहरू बिकेश श्रेष्ठ, सुदिप श्रेष्ठ, र उमेश श्रेष्ठ कालिजको रेखदेख गरीरहेको भेटाउन सकिन्छ।मध्यपुर थिमिको घना बस्ती भित्र पनि कालिज पालिएको छ भन्दा धेरैलाई बिश्वास नलाग्न सक्छ ।

तर मध्यपुर थिमि -४ पांगु टोलका यी युवाहरू पितापुर्खाले गरेको काम भन्दा बिल्कुलै फरक काम गरेर यतिबेला सर्बत्र चर्चाको बिषय बनेका छन। उनीहरूले मेहनत गरी हुर्काएका कालिजहरू यतिबेला बिक्रि बितरणका लागि तयार भएका छन् ।


पहिलो पटक कालिज पालनमा लागेका उनीहरुलाई सुरुमा निक्कै कठिनाईहरू आईपरे। चल्लाहरू सानै छँदा प्रकाश र तापक्रम मिलाउन कठीनाई हुँदा केही समस्या भएपनि अहीले भने उनीहरूले हुर्काएका कालिजहरू बिक्रिका लागि तयार भएका हुन ।
करिब दुई रोपनि क्षेत्रफलमा हाल कालिज पालन गर्दै गरेका उनीहरू निकट भबिष्यमै संगै जोडिएको जमिन पनि थप गरी अझै ठूलो संख्यामा कालिज फार्म सञ्चालन गर्ने लक्ष्य राखेका छन।
सुरुमा कालिज पालन ब्यबसाय गर्न खासै धेरै जानकारी नभएको बताउने सचिन बज्राचार्यलाई सहकर्मी दाजुहरू सुदिप, उमेश र बिकेश श्रेष्ठले प्रस्ताब राखेपछी आफ्नै जमिनमा कालिज हुर्काउन तयार भए । त्यतिकै खेर गईरहेको रुखबिरुवा सहीतको हरियालीपूर्ण करेसामा यतिबेला १५० भन्दा बढी कालिजहरू हुर्काई रहेका छन । कतिपय कालिजहरू तापक्रम मिलाउन नजान्दा मरे त कतिपय भने एक आपसमा थुंगेर घाईटे बनी मरे । कतिपय भने यतिबेला सम्म बिक्रि पनि गर्न भ्याई सकेका छन। जसै बिक्रिका लागि कालिजहरू तयार भएका छन यतिबेला बिभिन्न ठाउँहरू बाट कालिजको माग हुन थालेको सचिन बताउछन ।
कालिजले दाना र घास दुबै खाने भएकाले केही हदसम्म सजिलो भएको तर एक आपसमा थुंगेर मर्ने चाहीं मुख्य समस्या रहेको उनीहरू बताउँछन । जंगलमा बस्ने प्रजाति भएकाले उनीहरूले सकेसम्म प्राकृतिक बातावरण कायम गर्न खोजेको बताउछन ।
सुरुमा आफूले कालिज पालन ब्यबसाय गर्न लागेको कुरा बताउँदा सचिनका परिवारले नया ब्यबसाय नगर्न सुझाएका थिए। तर सचिनले सबैकुरा सम्झाएपछी घरपरिवारको साथ र समर्थन पाएको उनी बताउँछन । बिक्रिका लागि तयार भएसंगै बिभिन्न रेष्टुरेण्ट, होटल र घरायसि प्रयोजनका लागि पनि माग हुन थालेका छन ।

त्यसो त साथीहरू सहीतको उही समूहले फार्म संगै जोडिएको राज गणेश क्याफे एण्ड खाजाघर पनि सञ्चालनमा ल्याएका छन जहाँ ग्राहकको माग अनुशार रेष्टुरेन्टमै आफुले छानेको कालिजको बिभिन्न परिकारहरू बनाई चखाउने गरेका छन ।


बिक्रिका अलावा अवलोकन गर्न र केही कुरा बुझ्न परेमा पनि आफूहरूकहाँ बुझ्न सकिने सह सञ्चालक मध्येका एक ३२ बर्षिय सुदिप श्रेष्ठ बताउछन । पेशाले होटल ब्यबसायी सुदिप श्रेष्ठ होटल तथा रेष्टुरेन्टमा कालिजको माग बढीरहेकाले आफु कालिज पालन तर्फ आर्कषित बनेको बताउँछन ।

प्रति चल्ला ८५० रुपैयामा कालिज ल्याएका उनीहरू कालिज पालन ब्यबसाय लाई लिएर आशाबादी रहेको बताउँछन । माग अनुशारको आपूर्ति नभईरहेको बर्तमान अवस्थामा बजारको खासै समस्या नरहेको पनि सुदिप बताउँछन । मध्यपुर थिमिका यी युवाहरुको कालिज पालन ब्यबसायले आगामी दिनहरूमा पनि निरन्तरता पाउन सकेको खण्डमा बेरोजगारीको समस्याले आक्रान्त युवापुस्तालाई केही हदसम्म मार्ग दर्शन गर्न सकिने देखिन्छ । नया जोश लिएर आधुनिक कृषिकर्ममा हिंडेका यी युवाहरूलाई स्थानीय निकाय लगाएत अरु क्षेत्रले पनि साथ र सहयोग पुर्‍याउन जरूरी देखिन्छ ।

सचिन बजाचार्य (फार्म सञ्चालक )- सम्पर्क नम्बर -9840354113

बिज्ञान श्रेष्ठ
मध्यपुर डायरी संवाददाता

ताजा समाचार

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ

Madhyapur Diary

मथिनपाद्वारा अरनिको राजमार्ग सडक खण्ड सरसफाई तथा बृक्षारोपण सुरु

Madhyapur Diary

झलनाथ खनाललाई विदेशमा गरिएको उपचार खर्च दिएको विषयमा सरकारसँग लिखित जवाफ माग

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy