समाचार समाज

मध्यपुर- ४ बप्पा स्थित बिशेश्वर मन्दिर उदघाटन गरीयो ।

मध्यपुर -४ – बप्पा स्थित बिशेश्वर महादेब मन्दिर उदघाटन तथा मन्दिर पुननिर्माण गर्न रु ५००० भन्दा माथि चन्दा दान दिने १२६ जना तथा सप्ताह यज्ञबाट  चन्दा दिने दाताहरुको नामावली सहितको ताम्रपत्र बिहिबार उदघाटन गरीएको छ । मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जना देबी मधिकर्मी द्वारा उक्त ताम्रपत्रको उदघाटन गरीएको हो । मध्यपुर थिमि नगरपालिका द्वारा रु १२,९७,८२७, कमेरोटार जग्गा एकिकरण आयोजनाको तर्फबाट रु १० लाख, स्व. रामेश्वर ढुंगेलको संसदकोष बाट रु ९,८४,५५५  तथा बिभिन्न चन्दा दाताहरूबाट उठेको रकमबाट बप्पा स्थित प्रसिद्ध बिशेश्वर महादेब मन्दिर निर्माण गरीएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मथिनपा उपप्रमुख अन्जना देबी मधिकर्मीका अलावा पूर्व मथिनपा प्रमुख  तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठ, वडा न ४ अध्यक्ष कुमार श्रेष्ठ, समाजसेवी कृष्ण लाल गोजा श्रेष्ठ लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

मध्यपुर थिमि नगरपालिका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि अन्जना देबी मधिकर्मी ले ३ अर्ब भन्दा बढीको बजेट भएको मध्यपुर थिमि नगरपालिकाले जनताले तिरेको करबाट बिकास निर्माण कार्यमा लगाईने भएको हुँदा बिकास निर्माणमा जनप्रतिनिधि र उपभोक्ता स्वयम सक्रिय हुनुपर्ने बताउनु भयो ।
नगरपालिकाले बिशेश्वर मन्दिर परिसर सुधार गर्न ५० लाख दिईएकोमा  ढिलासुस्ती नगरी  उपभोक्ता समितिले छिटो काम सुचारू गर्न सुझाब दिनुभयो । उहाले उपभोक्ता समिति गठन गर्ने तर सम्झौता नगर्ने र बजेट फ्रिज गर्ने परिपाटी रहेको उल्लेख गर्दै त्यसो नगर्न सुझाब दिनुभयो ।
उहाले सिद्धिकाली मन्दिर क्षेत्रमा जेष्ठ नागरीकहरुको लागि मनोरन्जन र खानपान को ब्यबस्था  सहित ६० लाखको बजेटमा जेष्ठ  नागरीक भबन निर्माण गरिन लागिएको बताउनु भयो ।

बिशेष अतिथि  तथा पूर्व नगर प्रमुख,नेपाली कांग्रेसका केन्द्रिय सदस्य मदन कृष्ण श्रेष्ठले स्वस्थानी ब्रत कथामा समेत उल्लेख भएको बिशेश्वर महादेब सुरुमा जनश्रमदान बाट शुरू भएको उल्लेख गर्दै बिभिन्न चरण पार गर्दै मल्लकालीन मौलिक शैलीमै निर्माण गरिएको हुदा त्यस्ता सम्पदाहरूको बर्तमान समयमा अझ बढी महत्व हुने बताउनु भयो ।उहाँले स्थानीय सरकार र उपभोक्ता समितिहरू पारदर्शि हुनुपर्नेमा जोड दिनु भयो । सुशासन र सहभागिता सहित सबैलाई समेटेर लग्न सके मध्यपुर थिमि नगरपालिकामा बिकासले  फडको मार्ने बताउनुभयो ।
वडा न ४ अध्यक्ष कुमार श्रेष्ठले बर्तमान समयमा नगरपालिका संग पहिलेको तुलनामा प्रशस्त बजेत रहेको बताउनुहुँदै त्यस्को सदुपयोग सम्पदा संरक्षणको अलावा शिक्षा र स्वास्थ्य जस्ता नगरबासीका आधारभुत आवश्यकताका क्षेत्रमा पनि बजेटको सहि सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो ।

बिशेश्वर महादेब मन्दिर पुननिर्माण उपभोक्ता समितिका अध्यक्ष एवम पूर्व प्रधानपन्च तथा कार्यक्रमका सभापति प्रेम कृष्ण नव श्रेष्ठले बिशेश्वर महादेबको जंकु सकेका जेष्ठ नागरिकहरूबाट संयुक्त रूपमा सिलान्यास गरिएको बताउनु हुँदै  मन्दिर पुन निर्माण गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यबाद ज्ञापन गर्नु भयो ।

कार्यक्रममा रू लाख भन्दा बढी चन्दा सहयोग गर्ने बेखलाल बशि श्रेष्ठ सहित मन्दिर पुननिर्माणमा सहयोग पुर्‍याउने बिभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरीएको थियो ।

ताजा समाचार

मध्यपुर थिमिमा भदौ १३ र १५ गते मेरोसिल दोस्रो डोज लगाईदै

Madhyapur Diary

योमरी पुन्हिको दिन मध्यपुर थिमिमा सार्वजनिक बिदा ।

Madhyapur Diary

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy