राजनीति समाचार समाज

भक्तपुर नगरपालिका द्वारा किसानलाई आलुको बिउ बितरण ।

Buzz Education

भक्तपुर, २९ कार्तिक । भक्तपुर नगरपालिका वडा नं ६ को आयोजनामा सोमबार आलुको बीउ वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले निजी क्षेत्रबाट बिक्री वितरण हुने बीउबिजन नक्कली र गुणस्तरहीन हुनसक्ने भएकोले नपाबाट सिजन अनुसारका बीउबिजनहरू वितरण गरेको बताउनुभयो ।
उहाँले सरकारले ख्वप विश्वविद्यालय स्वीकृति दिए कृषि अनुसन्धान केन्द्र र कृषि कलेजहरू सञ्चालन गर्दै कृषि विज्ञहरूसँग छलफल गरी कृषिमा आधुनिकीकरण गर्न सकिने कुरामा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं ६ का अध्यक्ष डा. हरिराम सुवालले वडामा भएका विकास निर्माण, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद प्रतियोगितालगायत विभिन्न गतिविधिका बारेमा जानकारी दिँदै भनपाले आलु र गहुँको बीउ वितरण गरेको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य गोविन्द दुवालले पँुजीवादी पार्टीका नेताहरू इमानदार नभएकाले जनताले दुःख पाइरहेको, विगतमा धानबाली बिग्रिदा किसानहरूले आन्दोलन गर्दा पनि सरकारले क्षतिपूर्ति नदिएको स्मरण गराउदै किसानहरू एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाका कार्यपालिका सदस्य रोशनमैया सुवालले किसान, मजदुरलगायत सम्पूर्ण कामदार वर्गलाई लक्षित गर्दै भनपाले शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा अग्रणी भूमिका खेल्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक जगन्नाथ सुजखु र वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।

Buzz Education

ताजा समाचार

मध्यपुरको कुण्डोलमा आगलागि पिडितका लागि नगरपालिका द्वारा निशुल्क उपचार तथा रू १ लाख सहयोग प्रदान

Madhyapur Diary

बिभिन्न पदहरूमा १५ कर्मचारीहरुको लागि जागिर खुल्यो

Madhyapur Diary

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy