राजनीति समाचार समाज

एमसिसी पास नगर्न नेमकिपाको संसद भवन अगाडी ब्यापक प्रदर्शन ।

पुष १६- एमसिसी सम्झौता पारीत नगर्न चेतावनी स्वरूप संसद भवन अगाडी नेपाल मजदुर किसान पार्टीले जुलुश तथा बिभिन्न तीन स्थानमा कोणसभा आयोजना गरेको छ । दिउसों १ बजे माईतीघर, पुरानो बानेश्वर र कोटेश्वरमा जम्मा भएर एमसिसीको बिरोध र खबरदारी गर्न पुगेका नेमकिपाका नेता ,कार्यकर्ता तथा जनवर्गीय संगठनहरुले संसद भवन आसपासमा बिरोध तथा खबरदारी सभा आयोजना गरेका हुन ।काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेबाहेक पार्टीका संगठन भएका जिल्लाहरुमा पनि दिउँंसो १ बजे नै विरोध जुलुश तथा सभा गरेको पार्टीले जनाएको छ ।दिनको १ बजे काठमाडौंको बानेश्वर (रत्नराज्य मावि), कोटेश्वर तीनकुने र माइतीघरबाट अलगअलग जुलुस निकालिएको थियो भने ती तीनवटै जुलुस संसद् भवन नयाँं बानेश्वरका तीन नाकामा पुगेर छुटाछुटै विरोधसभामा परिणत भएका थिए । बिगतमा जस्तो प्रहरीको व्यापक उपस्थिति भएपनि सभामा कुनै प्रकारको हस्तक्षप र धरपकड नभई यसपटकको जुलुश शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।


वानेश्वरको नेतृत्व पार्टीको केन्द्रीय सदस्य सुनिल प्रजापति, कोटेश्वर तीनकुनेको नेतृत्व पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई र माइतीघरको नेतृत्व पार्टीका केन्द्रिय सचिव एवं सांसद प्रेम सुवालले गरेको उक्त कार्यक्रममा काठ्मान्डौ भक्तपुर र ललितपुरका बिभिन्न स्थानहरूबाट पार्टीका कार्यकर्ता तथा सर्वसाधारण पुगेका थिए ।
सभामा बोल्नु हुँदै पार्टीका केन्द्रिय सदस्य तथा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले एमसिसी बाट प्राप्त हुने ५५ अर्ब रुपैया अमेरीकी सरकारको अनुदान वा सहयोग नभई लगानी मात्रै रहेको बताउँदै अमेरीकाले हिन्द प्रशान्त रणनिति अन्तरगत चीनमाथि आक्रमण गर्ने दाउ मात्रै भएको बताउनु भयो । उहाले अमेरीकाले हस्तक्षप गरेका बिश्वका अन्य राष्ट्रहरुको उदाहरण दिनुहुँदै एमसिसी पास भएमा नेपालको हालत पनि ती देशहरूको झै हुनेमा सचेत पार्नु भयो । उहाले राष्द्रघाटी एमसिसी सम्झौता पास गर्न खोजेमा नेपाली जनताले बांकी नराख्ने पनि बताउनु भयो ।


बानेश्वरमै भएको अर्को सभालाई सम्बोधन गर्दै नेता तथा सांसद प्रेम सुवालले एमसिसी सम्झौता कुनैपनि हालतमा देशको हितमा नरहेको उल्लेख गदै एमसिसी सम्झौता लागु गर्न खोज्ने अन्य दलका नेता तथा पार्टीलाई चेतावनी दिनु भयो । कार्यक्रममा बिभिन्न जनवर्गीय संगठन तथा पार्टीका केन्द्रीय सदस्यहरूले पनि बिरोध सभामा मन्तब्य राखेका थिए ।

बानेश्वरमै भएको अर्को सभालाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश सांसद सुरेन्द्र राज गोसईले एमसिसी सम्झौता ५५ अर्ब र बिद्युत प्रशारण लाईनको कुरामात्रै नभई नेपाल र एसियालाई उपनिवेश बनाउनको निमित चालिएको गोटी हो भनि बताउनु भयो ।

मध्यपुर डायरी संबाददाता – विज्ञान श्रेष्ठको रिपोर्ट

ताजा समाचार

बसले स्कुटरलाई ठक्कर दिंदा कलंकीमा दुईको मृत्यु ।

Madhyapur Diary

गृह मन्त्रीद्वारा १२ सिडिओको सरुवा

Madhyapur Diary

गगन थापा महामन्त्रीमा उठ्ने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy