घुमफिर समाचार समाज

मध्यपुर -८ बोडेको मिनी कोशीमा हिउँदे चराहरुको गणना गरीदै ।

पूष -१७ -मिनी कोशि तप्पुको नामले परीचित भक्तपुरको मध्यपुर थिमि ८ बोडे स्थित मनोहरा किनारमा पुष १८ गते देखि हिउँदे आगन्तुक चराहरुको गणना गरीने भएको छ ।जाडो छल्न साईबेरिया लगायत विभिन्न देशबाट नेपाल आउने चराहरुकोको आहार र बासस्थान सुरक्षित गर्न नेपाल सरकारले विभिन्न संघसंस्थाहरुको सहकार्यमा संरक्षण मुलक कार्यक्रम गर्दै आएकोमा आगन्तुक चराहरूको संख्या यकिन गर्ने उद्देश्यले प्रत्येक बर्ष गणना कार्य पनि हुँदै आएको छ ।नेपालमा ८८७ प्रजातीका चरा पाईएका छन जसमध्ये नेपालमा १५० प्रजातीका जलपंछी चरा मात्रै पाइन्छन । “जलबायु परिबर्तनका कारण हिमाली  भेगमा अत्याधिक चिसो बढेकाले आवधिक बसाई सर्ने चराहरूको संख्यामा बढोतरी हुने अनुमान हामीले गरेका छौ ” बन्यजन्तु फोटोग्राफर सन्जय था श्रेष्ठले भने ।

हाल चितवन लगायत देशका बिभिन्न ठाउँहरूमा आगन्तुक चराहरुको अभिलेखीकरण कार्य भईरहेको छ । पछिल्लो समय पंक्षी प्रेमीहरूको लागि आकर्षक गन्तब्य बन्दै गएको मध्यपुर थिमि नगरपालिका वडा न. ८ बोडे स्थित मनोहरा खोला क्षेत्र ( मिनी कोशी ) मा पनि एक पछी अर्को दुर्लभ मानिएका चराहरू देखिने क्रम बढ्दो छ । पुष १८ गते (जनवरी २ ) देखि मनोहरा आसपासमा आगन्तुक हिउदे चराहरुको अभिलेखिकरण कार्य गर्न लागेको मध्यपुर ८ बोडेका ख्यातिप्राप्त बन्यजन्तु फोटोग्राफर तथा पंक्षीप्रेमी सन्जय था श्रेष्ठले मध्यपुर डायरी संबाददाता संग भने ।
प्रत्येक बर्ष जाडो छल्न मंगोलिया,साइबेरिया,तिब्वत, र युरोपबाट जलपंछी चरा नेपाल आउने गरेका छन ।
“चरा गणना गर्ने कार्य कम्तीमा दुई दिन सम्म लम्बिने छ ” स्थानीय तथा बन्यजन्तु  फोटोग्राफर संजय श्रेष्ठले भने । श्रेष्ठले ६०१ प्रजातिका बिभिन्न चराहरू लाई आफ्नो क्यामेरामा कैद गरी सकेका छन भने पछिल्लो समय उपत्यकाको मिनी कोशी मनोहरामा १९२ बर्ष पछी  पानी गौथलीको फोटो खिच्न सफल भएका थिए ।

ताजा समाचार

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

मध्यपुरथिमि नगरपालिकाको अगुवाईमा जडिवुटी – राधेराधे सडक खण्डको निरिक्षण सम्पन्न ।

Madhyapur Diary

स्थिर सरकारका लागि राष्ट्रपतिय शासन ब्यबस्था लागु आवश्यक – डा. बाबुराम भट्टराई

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy