घुमफिर समाचार समाज

मध्यपुर -८ बोडेको मिनी कोशीमा हिउँदे चराहरुको गणना गरीदै ।

Buzz Education

पूष -१७ -मिनी कोशि तप्पुको नामले परीचित भक्तपुरको मध्यपुर थिमि ८ बोडे स्थित मनोहरा किनारमा पुष १८ गते देखि हिउँदे आगन्तुक चराहरुको गणना गरीने भएको छ ।जाडो छल्न साईबेरिया लगायत विभिन्न देशबाट नेपाल आउने चराहरुकोको आहार र बासस्थान सुरक्षित गर्न नेपाल सरकारले विभिन्न संघसंस्थाहरुको सहकार्यमा संरक्षण मुलक कार्यक्रम गर्दै आएकोमा आगन्तुक चराहरूको संख्या यकिन गर्ने उद्देश्यले प्रत्येक बर्ष गणना कार्य पनि हुँदै आएको छ ।नेपालमा ८८७ प्रजातीका चरा पाईएका छन जसमध्ये नेपालमा १५० प्रजातीका जलपंछी चरा मात्रै पाइन्छन । “जलबायु परिबर्तनका कारण हिमाली  भेगमा अत्याधिक चिसो बढेकाले आवधिक बसाई सर्ने चराहरूको संख्यामा बढोतरी हुने अनुमान हामीले गरेका छौ ” बन्यजन्तु फोटोग्राफर सन्जय था श्रेष्ठले भने ।

हाल चितवन लगायत देशका बिभिन्न ठाउँहरूमा आगन्तुक चराहरुको अभिलेखीकरण कार्य भईरहेको छ । पछिल्लो समय पंक्षी प्रेमीहरूको लागि आकर्षक गन्तब्य बन्दै गएको मध्यपुर थिमि नगरपालिका वडा न. ८ बोडे स्थित मनोहरा खोला क्षेत्र ( मिनी कोशी ) मा पनि एक पछी अर्को दुर्लभ मानिएका चराहरू देखिने क्रम बढ्दो छ । पुष १८ गते (जनवरी २ ) देखि मनोहरा आसपासमा आगन्तुक हिउदे चराहरुको अभिलेखिकरण कार्य गर्न लागेको मध्यपुर ८ बोडेका ख्यातिप्राप्त बन्यजन्तु फोटोग्राफर तथा पंक्षीप्रेमी सन्जय था श्रेष्ठले मध्यपुर डायरी संबाददाता संग भने ।
प्रत्येक बर्ष जाडो छल्न मंगोलिया,साइबेरिया,तिब्वत, र युरोपबाट जलपंछी चरा नेपाल आउने गरेका छन ।
“चरा गणना गर्ने कार्य कम्तीमा दुई दिन सम्म लम्बिने छ ” स्थानीय तथा बन्यजन्तु  फोटोग्राफर संजय श्रेष्ठले भने । श्रेष्ठले ६०१ प्रजातिका बिभिन्न चराहरू लाई आफ्नो क्यामेरामा कैद गरी सकेका छन भने पछिल्लो समय उपत्यकाको मिनी कोशी मनोहरामा १९२ बर्ष पछी  पानी गौथलीको फोटो खिच्न सफल भएका थिए ।

Buzz Education

ताजा समाचार

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

Madhyapur Diary

हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त

Madhyapur Diary

महाभारतका भिम प्रबिण कुमारको मृत्यु ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy