चैत -९ मध्यपुर थिमि स्थित लोकन्थलीमा शववाहन र मोटरसाइकल एकआपसमा ठोक्किएको छ ।
सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षर्शीका अनुशार शववाहनमा मोटरसाइकल ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको थियो ।
सो दुर्घटनामा घाइते मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।