प्रेरक प्रसंग समाचार समाज

नेवा: पत्रकार राष्ट्रिय दबु:द्वारा स्वः पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्ती मनाईयो ।

२०७८  पुष -१३ – बि सं २००८ सालमा नेपाल पत्रकार संघ स्थापना गरी पत्रकार एकताको अभियान थाल्नु भएका नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्ती समारोह कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा नेवाः पत्रकार राष्ट्रिय दबु: द्वारा आयोजित कार्यक्रममा स्वः पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्म जयन्ती मनाईएको हो ।

बि.सं २००८ सालमा नेपाल पत्रकार संघ नामक पत्रकार संघ स्थापन भई संघको सभापति चुनिई एक बर्ष पछि २००९ बैशाख २८ गते संघको दोस्रो भेलाद्वारा पुन सभापतिमा चुनिएका सत्य नारायण बहादुर श्रेष्ठले नेपालका पत्रकार तथा नेपाल बाहिरका नेपाली पत्रकारहरुलाई संगठित गरी तिनीहरूको आवश्यकताको लागि सधै प्रयत्नशील रहेका थिए । श्रेष्ठले पत्रकारीता क्षेत्रमा सुरुवाती चरणमा दिनुभएको योगदान नेपाली पत्रकारीता जगतमा निक्कै महत्वपूर्ण रहेको उक्त कार्यक्रममा चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले नेपाल पत्रकार महासंघका संस्थाक अध्यक्ष सत्य नारायण बहादुर श्रेष्ठ दलीय सदस्य भई दिएको भए उहांको जन्म जयन्ती नीकै भब्य हुने थियो भनी टिप्पणी गर्नुभयो । स्वतन्त्र पत्रकारीता गर्नु भएका उहाले बर्तमान समयमा उहाले पुर्‍याउनु भएको योगदानको उचित मूल्यांकन हुन नसकेको बताउनु हुँदै अब ईतिहासको पाना पल्टाएर हेर्नु पर्ने समय आएको बताउनुभयो ।

नेवा पत्रकार राष्ट्रिय दबु: का निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन ले पत्रकारहरुको साझा संगठन पत्रकार महासंघले कार्यालय अगाडी सत्य नारायण बहादुर श्रेष्ठको  सालीक राख्नु पर्ने बिचार ब्यक्त गर्नुभयो ।
नेवा पत्रकार महासंघका सल्लाहकार सुरेश किरण मानन्धरले नेपाली पत्रकारीताको ईतिहासमा भएको त्रुटी सच्चाउन पनि नेवाः पत्रकार महासंघले जन्मजयन्ती कार्यक्रम मनाउनु परेको बताउनु भयो । पत्रकार महासंघले सत्यनारायण बहादुर श्रेष्ठले पुर्‍याएको योगदानको कदर गर्नु पर्ने बताउनु भयो ।
सत्य नारायण बहादुर श्रेष्ठकी सुपुत्री सुजीता मानन्धरले प्रशस्त दस्ताबेजको अभाब भएकै कारण पनि सत्य नारायण बहादुर श्रेष्ठले गरेको योगदान को सही मूल्यांकन हुन नसकेको बताउनु भयो ।

नेपाल आदिबासी जनजाती पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष गजुरधन राईले स्वतन्त्रताका पक्षपाती सत्य नारायण बहादुर श्रेष्ठको सास्वत सत्यलाई निरूपन गर्न बिगतमा फोनिजले ध्यानाकर्षण गदै आएको तर त्यसको निरूपन हुन नसकेको बताउनु भयो । उहाँले ईतिहासमा भएको त्रृतीलाई सच्चाउन पत्रकार महासंघलाई झक्झक्याउँदै आएको बताउनु भयो । इतिहास सच्चाउने अभियानमा फोनिजको सदा समर्थन रहने उहाँले बताउनुभयो ।

विशिष्ट अतिथि नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले कार्यक्रममा बोल्नु हुंदै कार्यक्रममा उठेका सवालहरुको टुङगो नेपाल पत्रकार महासंघले लगाउनुपर्ने बताउनु भयो । पत्रकार आचार संहिता कायम गराउनुपर्ने जिम्मेबारी नेपाल प्रेस काउन्सिलको रहेको र बिभिन्न भाषामा प्रेस काउन्सिलले पत्रकार आचार संहिता प्रकाशित गर्दै आएको पनि उहाँले बताउनुभयो ।
नेवा पत्रकार राष्ट्रिय दबु: अध्यक्ष सुरज बीर बज्राचार्यले
सत्य नारायण बहादुर श्रेष्ठको मुर्ति संस्थापक अध्यक्षका रूपमा पत्रकार महासंघ को कार्यालय प्राङगणमा राखिनुपर्ने बताउनु भयो ।

मध्यपुर डायरी संबाददाता – बिज्ञान श्रेष्ठ

ताजा समाचार

भदौ ११ गतेदेखि काठमान्डौमा मेरोसिलको दोस्रो मात्रा दिइने

Madhyapur Diary

नेपाल कोरिया मैत्री अस्पतालमा नँया बिशेष प्याकेज र छुटै छुटको व्यबस्था ।

Madhyapur Diary

विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy