अर्थतन्त्र समाचार समाज

बोडेको नीलबाराही साकोसको २३ औ साधारण सभा सम्पन्न ।

बोडेको नीलबाराही साकोसको २३ औ साधारण सभा सम्पन्न । –
मंशिर – २५ नीलबाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औ बार्षिक साधारण सभा मध्यपुर थिमिको बोडे स्थित नीलबाराही ब्यांक्वेटमा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष क. नारायण मान बिजुक्छे को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा भक्तपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष कान्छा भक्त घजु, श्री द्यो मां जगत बृद्धाश्रमका अध्यक्ष प्रेमचन्द्र अदुवा लगायत बिभिन्न मित्र सहकारी प्रतिनिधि हरुको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेमकिपा अध्यक्ष क . नारायण मान बिजुक्छेले समुदायमा आधारित सहकारीहरूले बदलिंदो समयमा महिला, गृहणी तथा युवाहरुलाई दैनिक जीवनउपयोगी तथा शिपमुलक बिभिन्न तालिमहरू दिन थाल्नु पर्ने बताउनु भयो ।

बिज्ञापन
श्री द्यो मा जगत बृद्धाश्रम का अध्यक्ष प्रेमचन्दअदुवा ले संस्थालाई शुभकामना दिंदै बर्तमान अवस्थामा १७ जना बृद्धबृद्धालाई आश्रय दिईरहेको अवस्थामा बृद्धाश्रमले भवनको अभाबमा नंया लाई सेवा दिन नसकिएको बताउनु भयो । सहकारीहरूले नाफामुलक रूपमा मात्र नसोचि मुगाफाको कम्तीमा १० प्रतिशत भएपनि सामाजिक कल्याणकारी कार्यमा लगाउनु पर्ने बताउनु भयो ।

तेइसौ वार्षिक साधारण सभामा सन्चालक समितिको तर्फबार बार्षिक प्रतिबेदन नीलबाराही साकोसका सचिब केदार खडकाले प्रस्तुत गर्नु भएको थियो ।

आर्थिक बर्ष ७७ / ७८ को आयव्यय र आगामी आर्थिक बर्षको अनुमानित आयव्यय प्रतिबेदन नीलबाराही साकोसका कोषाध्यक सुरेन्द्र था श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । उहाले संस्थाले गत आर्थिक बर्षमा ३४,७४,८४२/२५ नाफा कमाउन सफल रहेको बताउनु भयो । उहाले लकडाउनका कारण सबै आर्थिक तथा सामाजिक क्रियाकलाप ठप्प प्राय रहेकाले गत बर्ष सो अवधिमा ऋणको ब्याजमा ५% छुट दिनुका साथै बिलम्ब शुल्क मिनाह गरीएको जानकारी गराउनुभयो ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको प्रतिबेदन समितिका सदस्य प्रकाश नोकु श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

थिबोदिन साकोसका प्रेमजन थापाले संस्थाले बितिय साक्षरतामा जोड दिई बितिय साक्षरताका कक्षाहरू सन्चालन गर्नुपर्ने बताउनुभयो । बोडे क्षेत्रमा सन्चालित सहकारीले शिक्षा र स्वास्थ्यमा लगानी गर्न सके समाज र सहकारी सदस्य हरुले लाभ लिन सक्ने बताउनुभयो ।

सिद्धिकाली साकोसका बीरकृष्ण प्रजापतिले बर्तमान अवस्थामा बहुउदेश्यीय सहकारीले पछिल्लो समयमा सेवाग्राहीलाई बिभिन्न प्रलोभन देखाई नाफा आर्जन मात्रै उद्देश्यले सन्चालन हुन थालेकाले समुदायमा आधारीत सहकारीहरूलाई कठीनाई उत्पन्न हुन थालेको बताउनु भयो ।
कलश साकोसका कृष्ण भक्त पाँ ले सहकारीहरूले एक आपसमा सहकार्य गरी दिर्घ रोगीहरूका लागि चौबिसै घण्टा सन्चालन गर्न सकिने क्लिनिक सन्चालन गर्न, निस्कृय रहेका महिला गृहिणी हरुलाई शिपमूलक तालिमको ब्यबस्था गर्न सक्नुपर्नेमा जोड दिनु भयो ।

कोपिल साकोसका अध्यक्ष बिक्रम बैद्यले बर्तमान अवस्थामा बहुउदेश्यीय सहकारी संस्थाका रूपमा आएका सहकारीमा रहेका बिकृति बिसंगति लाई चुनौति दिन सामुदायिक सहकारीहरुले समुदायको आवश्यकता अनुशारको शिपमुलक तालिम दिन नसक्नुले समुदायमा आधारीत सहकारीले समस्या भोग्नु परेको र समुदायको बास्तबिक आवश्यकता अनुसारको तालिम दिन सक्नु पर्ने बताउनु भयो ।
भक्तपुर जिल्ला सहकारी संघका कोषाध्यक्ष कान्छा भक्त कोजुले नीलबाराही साकोसले सामाजिक, स्वास्थ्य र सदस्यहरुलाई आयमूलक शिपमूलक कार्यहरू गर्न सकेको उल्लेख गदै समुदायमा आधारीत संस्था र नाफामुखि सस्थाको भिन्नताको बारेमा सदस्य हरुलाई शिक्षा दिन सक्नु पर्ने बताउनु भयो । बहुउदेश्यीय सहकारीहरूले बढी ब्याज को प्रलोभन देखाई बचत मात्र खोज्ने संस्थाहरू मौलाएको उल्लेख गदै भक्तपुर जिल्ला सहकारी संघले गर्दै आएका कार्यहरूको चर्चा गर्नुभयो।

उक्त कार्यक्रममा ७० बर्ष भन्दा माथिका ८ जना सदस्य जेष्ठ नागरिक हरुलाई सम्मान गरिएको थियो भने
२२ जना – S E E उतीर्ण सदस्यका छोराछोरी सम्मान कार्यक्रम पनि गरीएको थियो ।
बन्द सत्रले आगामी कार्यकालका लागि नया सन्चालक समिति निर्वाचित गरेको छ ।

ताजा समाचार

मध्यपुर -९ नेकपा ऐमाले वडा अधिवेशन बाट यादब खड्का नेतृत्वको टोली चयन।

Madhyapur Diary

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

Madhyapur Diary

इम्यानुअल द्वारा जेनिठ ९-१ गोल अन्तरले पराजित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy