मंशिर २५ – मध्यपुर थिमि नगरपालिका को सहकार्य र मध्यपुर संगीत प्रेमी समाजको आयोजनमा शनिवार मध्यपुर थिमिको दुईपोखरी शास्त्रिय संगीत र भक्ति संगीतले गुन्जयमान बन्यो । मध्यपुर नगर भरीनै पहिलो पल्ट हुदै गरेको सो कार्यक्रम हेर्न स्थानीय का अलावा उपत्यकाका बिभिन्न स्थानहरू बाट पनि संगीत पारखिहरु पुगेका थिए । दिउँसो भक्ति संगीतले मुग्ध बनाएको माहोल जसै रात पर्दै गयो माहोल शास्त्रीय संगीतको धुनले तातीन थाल्यो । जमेको माहोल र बढ्दो जाडोलाई अझ तातो बनाउन दर्शक दिर्घामा तातो चिया र तातो पानी बाढ्ने हरुले फुर्सद पाएका थिएनन ।
मध्यपुर संगीत प्रेमी समाजले मध्यपुर थिमिका अर्मुत रुपमा रहेका गीत संगीतलाई जगेर्ना गदै भाबी दिनहरूमा संगीतमा लाग्न चाहने संगीतप्रेमीहरुलाई उचित बातावरण, मार्गदर्शन र तालिम सहित को ब्यबस्था गरी अगाडी बढने हिसाबले आफूहरुले उक्त कार्यक्रम आयोजना गरेको र भविष्यमा पनि बिभिन्न समय र स्थानहरूमा संगीतिक कार्यक्रमहरु गदै जाने समाजका अध्यक्ष हरी सुन्दर लाखे : ले बताउनु भयो ।
“नेपालमा मात्रै नभई अन्तराष्ट्रिय छबि समेत बनाईसकेका शास्त्रिय संगीतका हस्तीहरू बरिष्ठ कलाकार ध्रुवेश चन्द्र रेग्मी र बरिष्ठ कलाकार श्री केसीले मध्यपुरको माहोल तताएको यो पहिलो पल्ट हो यस मानेमा हामी आफुलाई भाग्यमानी थान्छौ ” मध्यपुर संगीतप्रेमी समाजका सदस्य तथा उदयमान तबलाबादक रोशन भासिमाले मध्यपुर डायरी संबाददाता संग भने ।
मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ अरु दिनमा भन्दा शनिवार अलि फूर्सदिला देखिए । पोखरीको डिलमा बसी पहिलो चरणमा मध्यपुरका बिभिन्न स्थानबाट प्रस्तुत भक्ति संगीत र दोस्रो चरणमा शास्त्रिय संगीतको मज्जा लिंदै गर्नुभएका नगर प्रमुख श्रेष्ठले बिकास भनेको भौतिक निर्माण र सम्पन्नता मात्रै नभई अमूर्त सम्पदाका रूपमा रहेको गीत संगीत संरक्षण संबर्दन गर्नु पर्ने आवश्यकता महशुस गरी नगरपालिकाले सहकार्य गरेको बताउनु भयो ।
कार्यक्रममा शास्त्रीय गायनतर्फ निर्जल डङ्गोल, आर्जन डङ्गोल र निमेश कपालीको संयुक्त तबला बादन, श्री केसीको गायन, इशरान बाजामा सन्तोषभक्त श्रेष्ठ, परवाज बाजामा मिलेष तन्डुकार र तानपुरामा सुनिल शाहीले शास्त्रीय सङ्गीत प्रस्तुत गरेका थिए । त्यस्तै मध्यपुरथिमिका स्थानीय १२ वटा समूहले विभिन्न १२ वटा भक्तिसङ्गीत तथा तीनवटा शास्त्रीय सङ्गीत प्रस्तुत गरेका थिए ।
- स्थानीयबासी मुभिन श्रेष्ठले आफ्नै आँगनमा शास्त्रीय संगीतको मज्जा लिन पाएकोमा खुशि लागेको प्रतिकृया दिए । अर्का स्थानीय सुन्दर श्रेष्ठले आगमी दिनहरूमा पनि समाजले यस्तै कार्यक्रमहरु गदै जाने हो भने संगीत मा लाग्न चाहने नगरबासीलाई प्रेरणा र प्रोत्साहन मिल्ने बताउनुभयो ।