शिक्षा समाचार समाज

बोडेमा २३ औं बिबिध भाषा साहित्य सम्मेलन कार्तिक १९ गते हुँदै ।

Buzz Education

 

कार्तिक -१२ “कला र संस्कृति बचाऔ, राष्ट्रिय भावना जगाऔ” भन्ने नाराका साथ २३ औं बिबिध भाषा साहित्य सम्मेलन मध्यपुर ८ स्थित बोडेको लाछी टोलमा २०७८ कार्तिक १९ गते सम्पन्न हुने भएको छ । बिबिध भाषा साहित्य समाज द्वारा २०५३ साल देखि नेपाली हरुको महान चाड तिहार तथा नेपाल सम्बत न्हु दं (नव बर्ष ) को पावन अवशरमा हरेक बर्ष मध्यपुरका बिभिन्न स्थानहरूमा यो सम्मेलन हुँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन

 

फाईल फोटो - बिबिध भाषा साहित्य समोलन
फाईल फोटो – बिबिध भाषा साहित्य सम्मेलन

गत बर्ष कोरोना महामारीमा भर्चुअल रुपमा सम्मेलन भएकोमा यो बर्ष स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उक्त कार्यक्रम गर्न लागिएको बिबिध भाषा साहित्यीक समाजका अध्यक्ष सुर्यराम था श्रेष्ठले बताउनु भयो । बिबिध भाषा साहित्य समोलनमा बिभिन्न भाषाभाषिका कबिता, गजल, मुक्तक, कथा आदी साहित्य , गीत ,संगीत बाचन तथा संस्कृतिक कार्यक्रम हुँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन
फाईल फोटो - बिबिध भाषा साहित्य समोलन
फाईल फोटो – बिबिध भाषा साहित्य सम्मेलन
बिज्ञापन
बिज्ञापन

मध्यपुरका युवा युवतीहरू चाडवाडको समयमा जुवा तास र अन्य बिकृति बिसंगति मा लाग्न सक्ने भएकाले युवाबर्गलाई सिर्जनशिल मार्गमा अभिप्रेरीत गरी समाजलाई योगदान पुर्‍याउन सकोस भनि बिबिध भाषा साहित्यीक समाज मार्फत साहित्य समोलन शुरू गरिएको अध्यक्ष सुर्यराम था श्रेष्ठले बताउनुभयो ।
कार्तिक १९ गतेबिहान ७:३० बजे बोडेको चारदोबाटो बाट न्हुंद संस्कृतिक र्‍याली हुने र बिहान ११ बजे बाट साहित्य सम्मेलन हुने आयोजक सदस्य राम सुन्दर था श्रेष्ठले बताउनु भयो ।

फाईल फोटो - बिबिध भाषा साहित्य समोलन
फाईल फोटो – बिबिध भाषा साहित्य सम्मेलन

आयोजक सदस्य सुरेन्द था श्रेष्ठले उपत्यकाका बिभिन्न स्थानहरूबाट उल्लेख्य मात्रामा यस साहित्य समेलनमा श्रष्टा तथा सर्जक हरुको उपस्थिति रहने गरेकोमा सम्पूर्ण श्रष्टा तथा सर्जक हरुलाई आफुले बाचन गर्ने लेख रचना हरु कार्तिक १७ गते सम्ममा आईपुग्ने गरी bibidhbhasa2053@gmail.com मा पठाउन सकिने बताउनु भयो ।

Buzz Education

ताजा समाचार

विनायकमा स्वास्थ्य परीक्षण कार्यक्रम

Madhyapur Diary

मध्यपुर थिमिमा घरको छटबाट खसेर युवकको मृत्यु ।

Madhyapur Diary

मध्यपुर थिमिको भित्री बस्तीमा युवाहरूको सफल कालिज पालन ब्यबसाय ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy