मंशिर – २४ – मध्यपुर थिमि ५ दिगु टोल परिसर स्थित महादेब मन्दिर पुननिर्माण गर्न शुक्रबार सिलान्यास कार्य सम्पन्न गरीएको छ । मध्यपुर थिमि भित्रका सम्पदाहरूमध्ये ऐतिहासिक र धार्मिक महत्व बोकेको दिगुली परिसरमा रहेको महादेब मन्दिर जिर्ण अवस्थामा रहेकोमा मध्यपुर थिमि नगरपालिका द्वारा उपभोक्ता समिति मार्फत निर्माण कार्य अगाडी बढाउन लागिएको हो ।
२०७८ मंशिर २३ गते बाट शुरू भएको उक्त परियोजना २०७९ – जेठ – ३० गते भित्र पुननिर्माण सम्पन्न गरीसक्नु पर्ने बताइएको छ । स्थानीय जगत कुमार प्रजापति अध्यक्ष रहने गरी गठित दिगु भैरब परिसर उपभोक्ता समिति मार्फत रू ४९, ९१,२२१/ २७ मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा पुननिर्माण हुन लागेको हो।
परियोजनाको इन्चार्जका रूपमा मध्यपुर थिमि नगर पालिकाका इन्जिनियर प्रेम लाल भासिमा रहनु भएको छ । उक्त शिलान्यास कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ, उपप्रमुख अन्जाना देबी मधिकर्मी, वडा न ५ का वडा अध्यक्ष अमृत लाल श्रेष्ठ,उपभोक्ता समितिका अध्यक्ष जगत कुमार प्रजापति लगाएत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।