राजनीति समाज

मध्यपुरमा नेकपा माओबादी केन्द्रको नगर अधिवेशन उदघाटन ।

Buzz Education

मंशिर – ११ नेकपा माओबादी केन्द्रको पालिका अधिवेशन देशै भरी चलिरहंदा शनिबार मध्युर थिमिको बालकुमारी मन्दिर प्राङगणमा नेकपा माओबादी केन्द्र मध्यपुर नगर कमिटीको आयोजनामा मध्यपुर नगर अधिवेशन उदघाटन कार्यक्रम सम्पन्न भएको छ । बर्तमान सरकारका भूमिसुधार सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले नेकपा माओबादी केन्द्र स्थापना कालदेखि अहिलेसम्म निरन्तर जनपक्षिय कामका लागि लागिपरेको बताउनु हुँदै लिम्पियाधुरा, कालापानी जस्ता नेपाली भूभागहरू बिदेशीले अतिक्रमण गर्दा त्यस बिरुद्ध नेकपा माओबादीले निरन्तर आवाज उठाउँदै आएको बताउनु भयो । उहाँले सबैलाई समेटेर समावेशीताको आवाज उठाउने कुनै पार्टी छ भने त्यो नेकपा माओबादी केन्द्र मात्रै भएको बताउनु भयो ।
नेकपा माओबादी भक्तपुर जिल्ला समन्वय समिति संयोजक डि.पी ढकालले मध्यपुर थिमिले कमरेड स्व. बैकुन्ठ हरी श्रेष्ठ र कमरेड सबिन जस्ता शहिदहरूलाई जन्म दिएको स्मरण गर्दै नेकपा माओबादी केन्द्र देशका लागि बलिदान दिनेहरुको पार्टी रहेको बताउनु भयो ।उहाँले नेकपा माओबादी केन्द्र शक्तीमा नआउने हो भने प्रतिगामी सरकारले समावेशि पद्धति खारेज गर्न लागेको बताउनु भयो ।

नेकपा माओबादी केन्द्र का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज क . दिलिप कुमार प्रजापतिले प्रतिगामीहरू राजतन्त्रात्मक व्यबस्था ल्याउन भित्रभित्रै षडयन्त्र गदै रहेको बताउनु हुंदै यदि कसैले गणतन्त्र, समानुपातिक समावेशिताका बिरुद्ध आवाज उठाउन कोशिस गर्छ भने फेरी पनि देशमा बिद्रोह हुने र त्यस्ले सामन्तबादी हरु परास्त हुने बताउनु भयो ।

नेकपा माओबादी केन्द्र मध्यपुर थिमि संयोजक बिजय कृष्ण श्रेष्ठ को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा माओबादी केन्द्र भक्तपुर जिल्ला सह इन्चार्ज डिपी ढकाल , नेकपा माओबादी केन्द्र मध्यपुर इन्चार्ज कृष्ण लाल गोजा, प्रदिप श्रेष्ठ लगाएतले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Buzz Education

ताजा समाचार

आफ्नै मिल्ने साथीद्वारा बालकोटका राजनको हत्या भएको खुलासा ।

Madhyapur Diary

बोडेमा चिमालय च्यारिटीको स्तनपान तथा मातृ शिशु स्वास्थ अभिमूखिकरण तालिम सम्पन्न ।

Madhyapur Diary

नेपाली कांग्रेस जिल्ला सभापतिमा दुर्लभ थापा र अष्ट कुमार कवे को उम्मेदबारी ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy