मनोरञ्जन समाचार

मध्यपुरमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, नामावली सहित

मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड बोडेको कुमारी पार्कमा शनिवार सम्पन्न भएको छ । नेपाली गीत संगीत क्षेत्रका श्रष्टा सर्जक कलाकारहरुको बाक्लो उपस्थिति रहेको उक्त अर्वाड बितरण कार्यक्रममा कुल ३२ बिद्याका बिभिन्न सर्जक हरुलाई ४० वटा शिर्षकमा अवार्ड प्रदान गरीएको थियो । नेपाली हास्य ब्यङग्य क्षेत्रका हस्तीहरु मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्य लाई नगद रु १ लाख सहित लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरीएको थियो भने उक्त कार्यक्रममा लामो समय देखि नेपाली रंग पत्रकारिता गर्दै आउनु भएका रंग पत्रकार जीबन लुईटेललाई नगद रु २१ हजार सहित नगद पुरस्कार प्रदान गरिएको थियो ।


एपिक नेपाल म्युजिक अवार्ड बितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिशेष अतिथि हरुका रूपमा चलचित्र कलाकार संघका अध्यक्ष तथा बरिष्ठ कलाकार रबिन्द्र खड्का, नायक धिरेन शाक्य, कलाकार पल्पसा डंगोल (चम्सुरी ) नायक पल शाह लगायत थुप्रै अन्य कलाकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्नु हुँदै मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकामा पछिल्लो समय सम्पदा संरक्षणमा देखिएको परिबर्तन लाई उजागर गर्न तेस्रो एपिक नेपाल म्युजिक अवार्ड संग सहकार्य गरेको  बताउनु भयो ।


एपिक नेपालका अध्यक्ष तथा चर्चित म्युजिक भिडियो निर्देशक बबीता श्रेष्ठले अवार्ड कार्यक्रममा सहकार्य गरी नेपाली गीत संगीत क्षेत्रलाई फल्ने फुल्ने बाताबरण प्रदान गर्न र कलाकार हरुको हौसला बढाउन सहयोग गरेकोमा मध्यपुर थिमि नगरपालिका र सहयोग पुर्‍याउने सम्पूर्णमा हार्दिक धन्यबाद ज्ञापन गर्नुभयो ।
एपिक नेपाल म्युजिक अवार्ड का उपाध्यक्ष कृष्ण लाल साहुखलले मध्यपुर थिमि नगरपालिका भित्रका सम्पदालाई अवार्ड बितरण कार्यक्रम मार्फत आन्तरीक पर्यटन अभिबृदिमा समेत टेवा पुर्‍याउँदै गीत संगीत क्षेत्रमा लाग्ने सर्जकहरूलाई हौसला प्रदान गर्न  अवार्ड बितरण कार्यक्रम सफल बनेको बिश्वास व्यक्त गर्नु भयो ।
एपिक नेपाल म्युजिक अवार्डको तेस्रो संस्करणमा जुरी का रूपमा गायक तथा सर्जक कस्तुप पन्त, पत्रकार तथा निर्देशक सुब्रत आचार्य, म्युजिक भिडियो निर्देशक देबेन्द्र पाण्डे रहेका थिय । कार्यक्रमको कुशल सन्चालन सन्चारकर्मी, कलाकार तथा निर्देशक दिनेश डिसीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा मध्यपुर थिमि नगर भित्रका भैल नाच, र महाकाली नाचका गुरुहरु तथा जिब्रो छेड्ने व्यक्ति एवम बाजा गुरुहरुलाई समेत सम्मान गरीएको थियो ।

अवार्ड बिजेता हरुको नामावली –
१)सर्वोकृष्ट लोकदोहरी गायक – खेम सेन्चुरी – झ्यालमा पर्दा छ ।
२)सर्वोकृष्ट लोकदोहरी गायीका – टिका पुन – भाग्यमै छौ ।
३)सर्वोकृष्ट लोकदोहरी शब्द – नेत्र अर्याल झ्यालमा पर्दा छ
४)सर्वोकृष्ट लोकदोहरी लय – श्री कृष्ण बम मल्ल – डाडा घरे साईली
५)सर्वोकृष्ट लोकदोहरी मोडल पुरुष – बिपेश घिमिरे – माईली
६)सर्वोकृष्ट लोकदोहरी मोडल महिला – सारीका केसी लाहुर
७)सर्वोकृष्ट लोकदोहरी नव मोडल पुरुष – सुरज श्रेष्ठ – ओई गनगन
८)सर्वोकृष्ट लोकदोहरी नव मोडल – चौका दाउ
९)सर्वोकृष्ट लोकदोहरी नव गायक – आलिफ खान – झुम्के बुलाकी
१०)सर्वोकृष्ट लोकदोहरी नवगायीका- सोनीया डिसी – नशालु माया
११)सर्वोकृष्ट लोकदोहरी भिडियो नृत्य निर्देशक – काजिस श्रेष्ठ सुर्ती माडदै माडदै
१२)सर्वोकृष्ट लोकदोहरी भिडियो निदेशक – रबिन शाह बाँचे कमाउँला
१३)सर्वोकृष्ट आधुनिक गायक – प्रेम सेन्चुरी -जीबन यहा यस्तै छ
१४) सबोकृष्ट आधुनिक गायीका – मेलिना राई – कहा होला मेरो मायालु

          सर्वकृष्ट भिडियो सम्पादक – मिन रावल – चोट

ताजा समाचार

मध्यपुरको बिनायक शिक्षा निकेतनमा गुरु पूर्णिमा तथा भानु जयन्ती मनाईयो ।

Madhyapur Diary

अल्मुताईरीको फाईनल पछी नेपाल नफर्किने घोषणा

Madhyapur Diary

कमेडी च्यापियन उपबिजेता बिक्की लाई मात्रृशोक

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy