नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तरगत भक्तपुर जिल्लाको नेपाली कांग्रेस जिल्ला सभापति पदको लागि उम्मेदबारी घोषणा भएको छ । संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा पक्षबाट बर्तमान सभापति दुर्लभ थापा ले आफ्नो उम्मेदबारी दर्ता गराएका छन भने प्रकाशमान सिह खेमाका अष्ट कुमार कवेले आगामी सभापति पदका लागि उमेदबारी दिएका छन । यी दुई पक्षबीच कडा टक्कर हुने आकलन गरीएको छ किनकी अघिल्लो १३ औ महाधिवेशमा पनि उनै दुई उमेदबारको बीचमा कडा प्रतिस्पर्धा भएको थियो ।