समाचार समाज स्वास्थ्य

महालक्ष्मी साकोस बोडेको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

मंशिर – ३ मध्यपुर थिमि वडा न ८ बोडे स्थित बोडे उच्च माध्यामिक बिद्यालयको प्राङगणमा बृहद स्वास्थ्य शिबिर सम्पन्न भएको छ। काठमान्डौ मेडिकल कलेज शिक्षण अस्पताल , सिनामंगल को प्राबिधिक सहयोगमा बोडेको अगुवा सहकारी श्री महालक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको स्वास्थ्य उप समितिको आयोजनामा उक्त निशुल्क स्वास्थ्य शिबिर आयोजना गरीएको हो । उक्त शिबिरमा १६४ पुरुष र ३२२ महिला गरी कुल ४८६ सेवाग्राहीले स्वास्थ्य जाच गराएका छन ।


बिहान ९ बजे देखि दिउसो ३ बजे सम्म सम्पन्न भएको उक्त शिबिरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, न्युरो सर्जरी, बालरोग, शल्यक्रिया, किड्नी रोग, मानसिक तथा नसा रोग, छाला तथा यौन रोग, दन्त सेवा, हाडजोर्नी तथा नसारोग, नाक, कान, घाटी र आँखा परिक्षण गरीएको थियो । आवश्यकता परेका बिरामी हरुलाई ई.सी.जी, ल्याब टेष्ट र भिडियो एक्सरे निशुल्क रुपमा उपलब्ध गराईएको थियो ।


महालक्ष्मी सहकारी संस्थाका सल्लाहकार तथा समाजसेवी बिनोद खम्बु श्रेष्ठका अनुशार सहकारीको बार्षिक कार्यक्रम अन्तरगत रहेर काठमान्डौ मेडिकल कलेज संगको सहकार्यमा गरीएको शिबिरमा बोडे र बोडे क्षेत्र आसपासका धुन्चोपाखो, मुलपानी, टिगनी र सरस्वती खेल लगाएतका भेगहरूबाट उल्लेख्य रूपमा सेवाग्राही हरुको उपस्थिति रहेको बताउनु भयो । उहाँले सहकारीका सदस्यहरु तथा गैर सदस्यहरुलाई नेपाल सरकार ले पुर्‍याउन नसकेको सेवालाई सर्वसाधारणको घरदैलो सम्म पुर्‍याउन सफल भएको बताउनु भयो ।

बिनोद खम्बु - महालक्ष्मी साकोस - सल्लाहकार
बिनोद खम्बु – महालक्ष्मी साकोस – सल्लाहकार

काठ्मान्डौ मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका डा. सुनिल चौधरीले महालक्ष्मी सहकारी संगको सहकार्यमा गरीएको निशुल्क स्वास्थ्य शिबिरले लुकेर रहेका बिरामी हरुले आफ्नो रोग र समस्या बारे थाहा पाउने मौका पाएको र गम्भीर प्रबृतिका बिरामीहरू पनि यसक्रममा स्वास्थ्य जाचका लागि आएको बताउनु भयो ।

डा. सुनिल चौधरी - काठमान्डौ मेडिकल कलेज
डा. सुनिल चौधरी – काठमान्डौ मेडिकल कलेज

आवश्यकता परेका बिरामी हरुलाई निशुल्क रुपमा औषधि पनि बितरण गरीएको उक्त शिबिरमा गम्भीर प्रबृतिका बिरामीहरूलाई  हस्पीटल संगको सहकार्यमा थप उपचारको लागि बोलाईएको बताउनुभयो ।

ताजा समाचार

प्रभावशाली व्यक्तित्व बनाउन उपनाउनुहोस यी उपायहरू ।

Madhyapur Diary

मध्यपुर लिग अन्तरगत १३ औ खेलमा वडा न ६ बिजयी ।

Madhyapur Diary

काठ्मान्डौमा अब सभा, जुलुश, भिडभाड गर्न नपाईने

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy