समाचार समाज

मध्यपुरमा रात्रिकालीन सम्पदा पदयात्रा सम्पन्न । सकिमना पूर्णिमा बिशेष ।

Buzz Education

कार्तिक ३ -मध्यपुर थिमि नगरपालिकाको आयोजनामा शुक्रबार साँझ बिभिन्न संचार गृहका सन्चारकर्मीहरु सहितको सांस्कृतिक पदयात्रा कार्यक्रम मध्यपुर थिमिमा सम्पन्न भएको छ । सकिमना पुन्हि ( सकिमिला पुन्ही ) अर्थात कार्तिक शुल्क पुर्णिमाको साँझ मध्यपुर थिमि नगरपालिकाको पुरानो नेवार बस्तीहरु  बोडे , नगदेश र थिमिका बिभिन्न टोलटोलमा हुने भजन, अन्न दान तथा प्रदर्शन एवम बिभिन्न दाफा भजन मण्डल हरूको सांगीतीक प्रदर्शनि जस्ता अर्मुत सम्पदा समेतलाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरीएको बताईएको छ ।

मध्यपुर थिमि नगरपालिकाले गन्तव्य मध्यपुर बर्ष मनाई रहँदा दिउसो मात्रै हैन रात्रीकालीन समयमा पनि मध्यपुर थिमि घुम्न लायक छ भनी सन्देश दिन उक्त कार्यक्रम आयोजना गरीएको प्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भयो ।

मध्यपुरमा कार्तिक महिना भरी नियमित रूपमा भजन किर्तन गर्ने चलन रहेकोमा अन्तिम दिन समापन स्वरूप सकिमना पुन्हिको दिन मकै, भट्मास, कन्दमूल आदी चढाएर समापन गर्ने चलन रहेको छ ।

नेपाल भाषामा सकि भन्नाले पिंडालु र मना भन्नाले उसिन्ने भने अर्थ लाग्छ । पिडालु उसिनेर खाने चाड भएकोले पनि यस्लाई सकिमना पुन्हि भनिएको बुझिन्छ ।

कृषि उपजको रूपमा रहेको मकै भटमास लगायत कन्दमुल भगवानलाई चढाई प्रसादको रुपमा बाँडेर खाने प्रचलन ले नेवार समुदाय को कृषि माथिको निर्भरता र सामुहिकताको महत्व उजागर गर्ने पत्रकार तथा स्थानीय संस्कृतिका जानुकार कृष्ण काजी मानन्धर बताउनु हुन्छ ।

मध्यपुर ८ स्थित बोडेको कुमारी पार्क बाट शुरू भई मध्यपुर थिमि नगरपालिका का नगर प्रमुख मदन सुन्दर श्रेष्ठ नेतृत्वको ३० भन्दा बढी सञ्चार गृहका सञ्चारकर्मी हरुको टोलिले बोडेको पाँचो गणेश, महालक्ष्मी स्थान, खांसी, खपला, लाछीटोल लगाएत का बिभिन्न स्थानहरूमा सकिमना पुन्हि को अवशरमा आयोजित भजन तथा अन्न दान कार्यक्रम अवलोकन गरेको थियो ।

त्यस क्रममा बोडेको फरक पहिचानको रूपमा भटुचा बोयकेगु : अर्थात पिडालुको चरा  आकृति बनाई झुलाउने गरेको पाईयो जुन मध्यपुर का अन्य स्थानहरूमा भन्दा पृथक रहेको थियो। टोलटोलमा आयोजित भजन कार्यक्रममा घरघरबाट मकै, भट्मास, गेडागुडी, रोटी, मूला तथा उसिनेको  पिडालु लगाएतका कण्डमूल हरु  भजन मण्डलीमा दान गर्ने चलन बारे सन्चारकर्मीहरुलाई प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी गराउनु भएको थियो ।

त्यस पश्चात टोलि मध्यपुरकै अर्को सांस्कृतिक केन्दबिन्दु नगदेश पुगेको थियो । नगदेशको पाटी बिहार ,लाछी, छ्वासो  लगायतका स्थानहरूमा दाफा भजन अवलोकन गरीएको थियो । पूर्ण चन्द्रको प्रकाशमा टोलभरी बिभिन्न दाफा भजन मण्डलको एकसाथ प्रस्तुतिले नगदेशको गणेशमन्दीर प्राङगण गुन्जयमान र निक्कै नै मनमोहक देखिएको थियो ।सन्चारकर्मी हरुको टोलिलाई भजन मण्डल बाट स्वागत तथा प्रसाद बितरण समेत गरीएको थियो ।

त्यस लगतै सञ्चारकर्मीहरुको समूह थिमिको गुङग चिवाः, चपाचो, भुलाँखेल हुदै दिगु: टोल, इनाय लाछी टोल, मरु, लायकु, बिष्णु बीर हुँदै बालकुमारी मन्दीर प्राङगण पुगि समापन गरीएको थियो ।
टोलटोलमा आ-आफ्नै शुर र तालमा एक साथ भजन किर्तन गरिएको अवस्थाले सिङ्गो मध्यपुर थिमि गुन्जयमान
देखिएको थियो । माहोल यस्तो सिर्जित थियो कि प्रत्येक टोलटोल बाट सयौंको संख्यामा भजन मन्डलीहरू बाजागाजा सहित भगवानको स्तुती गाईरहेका थिए भने घरघरबाट थालीमा भुतेका मकै ,भट्मास,अन्न र कन्दमुल बोकि मानिसका ताँती बाटो भरी हिंदीरहेका थिए ।

मूर्त सांस्कृतिक सम्पदाहरूको पुननिर्माण बाट प्रसिद्धि कमाएको मध्यपुर थिमि नगरपालिकाले लुकेर छिपेर रहेको सकिमना पुन्हि जस्ता अर्मुत पर्व लाई उजागर गरी मध्यपुर थिमि नगरपालिका दिवाकालीन पर्यटन मात्रै हैन रात्रिकालिन पर्यटन को पनि सम्भाबना खोजिरहेको छ भन्ने सन्देश दिन खोजेको देखिन्छ ।

Buzz Education

ताजा समाचार

कक्षा १२ को नतिजा सार्वजनिक

Madhyapur Diary

बोडेको महालक्ष्मी साकोसद्वारा नारी दिवसका अवशरमा अभिमुखिकरण कार्यक्रम आयोजना ।

Madhyapur Diary

बिनायकमा दशैको टिका जमरा कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy