मंसिर ३ गते आज सताब्दीको सबैभन्दा लामो चन्द्र गहण र लाग्दैछ । चन्द्र ग्रहण दिउसो १ बजेर ३ मिनेट देखि साझ ४ बजेर ३२ मिनेट सम्म रहने छ ।आजको यो चन्द्रग्रहण सन २०२१ को सबैभन्दा अन्तिम चन्द्र गहण पनि रहेको छ । ५ सय ८० बर्षमा पहिलो पटक यो चन्द्र गहण लाग्न लागेको हो ।
यस पटक चन्द्रमाको ९७ % भाग ढाकिने बताईएको छ । यो चन्द्र गहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुने बताईएको छ । यस अघि सन१४४० मा यति लामो चन्द्र गहण लागेको थियो भने अब भबिष्यमा सन २६६९ मा मात्रै अर्को चन्द्रग्रहण लाग्ने बताईएको छ ।
यो चन्द्रग्रहण एसिया, अमेरिका, उत्तरी यूरोप तथा प्रशान्त महासागरीय क्षेत्रबाट देखिनेछ ।
ज्योतिस शास्त्र अनुशार सुर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्दा चन्द्र ग्रहण लाग्ने गर्छ ।