विश्व समाचार

दिल्लीमा अनिश्चित कालका लागि शैक्षिक संस्था बन्द ।

Buzz Education

भारतको राजधानी नयाँ दिल्लीका विद्यालय तथा क्याम्पस वायु प्रदूषणका कारण अनिश्चित कालका लागि बन्द गरिएको छ ।

दीपावली सकिएलगत्तै फैलिएको प्रदूषित कुहिरोले दिल्लीको आकाशलाई धुम्म पारेको छ भने वायु प्रदूषण जनस्वास्थ्यमा अत्यधिक असर गर्ने स्तरमा उक्लेको छ ।

गाडीवाट निस्केको धुवाँ, औद्योगिक प्रतिष्ठानको उत्सर्जन, धुलो तथा मौसमी कारणले विश्वका अत्यन्त प्रदूषित सहरको सूचीमा दिल्ली अग्रस्थानमा रहँदै आएको छ ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बुधबार साँझ विश्वका सबैभन्दा प्रदूषित सहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ । यो सूचीमा काठमाडौं २६औं स्थानमा छ ।

बीबीसीका अनुसार दिल्लीका विभिन्न भागमा वायु प्रदूषणको गुणस्तर सूचकांक (एक्युआई) ४०० नाघेको छ । प्रदूषण अचाक्ली बढेपछि आइतबारसम्म सबै खाले निर्माण कार्य बन्द गरिएको छ । तर प्रतिरक्षा तथा यातायातसम्बन्धी परियोजना जारी राखिएको छ ।
न्युज -24 बाट

 

Buzz Education

ताजा समाचार

नेपाली कांग्रेस महाधिवेशन मंशीर २४ देखि २६ सम्म हुने ।

Madhyapur Diary

काठमाडौँ जिल्ला प्रहरी परिसरले घरधनीहरूलाई विशेष आग्रह गरेको छ। प्रहरीले कोठा वा घर भाडामा दिँदा डेरामा बस्ने व्यक्तिहरूको आधिकारिक विवरण राख्न घरधनीहरूलाई सुझाएको

Madhyapur Diary

मध्यपुरको दिगुलीबाट हराएका दसराम प्रजापति मृत फेला ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy