कार्तिक – १७ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक अन्जना देबी मधिकर्मी को नेतृत्वमा मध्यपुर थिमि नगरपालिका क्षेत्र भित्रका वडा न ४ र वडा न ६ का बिभिन्न मिठाई पसलहरुको अनुगमन गरीएको छ । अनुगमन टोलिमा सह संयोजक तथा वडा सदस्य सुजन पौडेल, वडा सदस्य तथा अनुगमन समिति सदस्य दिपेन धेके, सामुदायिक बिकाश अधिकृत तुल्सी भक्त तको, जिल्ला प्रशासन कार्यालय प्रतिनिधि लुमा श्रेष्ठ, खाद्य अनुसन्धान अधिकृत शिव प्रसाद भण्डारी, घरेलु तथा साना उद्योगका सहायक हरिदत्त जोशी, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष मनोज थापा , बाणिज्य संघ ईकाई अध्यक्ष राज भक्त जोशी , पत्रकार जगत प्रजापति तथा बिज्ञान श्रेष्ठको उपस्थिति थियो ।
अनुगमनका क्रममा टोलिले मध्यपुर थिमि ४ शंखधर चोक स्थित बिभिन्न मिठाई पसलहरू तथा बाहखा बजार स्थित केही मिठाई पसलहरूमा अनुगमन गरेको थियो ।
टोलिले शंखधर चोक स्थित कोलकत्ता स्वीट्स, लक्ष्मी स्वीट्स एण्ड चाट हाउस, बैष्णबी स्विटस एण्ड चाट हाउस, शिव मिठाई भण्डार, भवानी स्वीट्स , धनुषा एण्ड धनुषा मिठाई भण्डार, शंखधर मिठाई पसल र केही फुटपाठमा सन्चालित तिहार बिशेष पसलहरूमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा टोलिले अधिकांश मिठाई पसलहरुमा गुणस्तर हिन रंग प्रयोग गरेको र बढी मात्रामा प्रयोग गरीएको, खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिईकन प्याकिङ सामान बिक्रि गरीएको, सरसफाईमा लापरबाही गरीएको, खाद्य पदार्थमा नापतौल मिश्रण र मूल्य सुचि बिना बिक्रि बितरण गरीएको पाईएको थियो ।
शंखधर चोक स्थित कोलकत्ता स्वीट्सलाई ब्यबसाय दर्ता गर्नु पर्ने, भान्छाको सरसफाईमा जोड दिनुपर्ने, खाद्य तथा गुण निमन्त्रण बिभागबाट अनुज्ञापत्र लिएर मात्रै प्याकिङ सामान बिक्रि गर्न निर्देशन दिईएको छ ।
वडा न ६ स्थित लक्ष्मी स्वीट्स एण्ड चाट हाउस बाट अखाद्य रङग प्रयोग गरीएको ३ किलो ६ सय ग्राम रातो पुरी नष्ट गरी अखाद्य रङको प्रयोग नगर्न, मिठाई छोपेर राख्न, ब्यबसाय दर्ता गर्न र बाटो छेउमा मिठाई नपकाउन निर्देशन दिइएको छ।
६ वडा स्थित श्री सिद्धि बिनायक स्वीट्स एण्ड चाट हाउसबाट बिग्रियको ३ किलो मिठाई नष्ट गरीएको र अखाद्य रङग प्रयोग नगर्न र बाटो छेउमा मिठाई नपकाउन निर्देशन दिईएको छ ।
बहाखा बजार स्थित भवानी स्वीट्सलाई अखाद्य रङग प्रयोग नगर्न, मिठाईमा लेबल खुलाएर राख्न र नियमित सरसफाई गर्न निर्देशन दिईएको छ ।
वडा न ६ स्थित बैष्णबी स्वीट्स एण्ड चाट हाउसलाई नापतौल मेशिन नबीकरण गर्न र सरसफाइमा ध्यान दिन जोड दिईएको छ ।वडा न ४ स्थित तिहारको सामाग्रि बेच्न राखिएको फुटफाट पसलका सन्चालक नन्दन कुमार जैशवाल बाट ३ बोरा भाई मसला जफत गरीएको छ । कुहिएको र ढुसि परेको मसला जफत गरी निजकै सामुन्ने नष्ट पनि गरीएको थियो ।
त्यस्तै वडा न ४ स्थित न्यु धनुषा एण्ड धनुषा मिठाई भण्डार बाट लेबल बिनाको मिल्क केक पाँच र्याकेट जफत गरी नष्ट गरीएको छ ।
शंखधर मिठाई पसलका सन्चालक लाई सरसफाईमा बिशेष ध्यान दिन तथा अनुज्ञापत्र लिई ब्यबसाय गर्न कडा निर्देशन दिईएको छ ।
नगरपालिका र सरोकारवाला निकायहरु बाट तिहारको मुखमा भएको मिठाई पसल अनुगमन कार्यलाई धेरैले सकारात्मक रूपमा लिएको पाईएको छ ।