कार्तिक ८ सोमबार बिहान ललितपुरको ग्वार्कोमा बस पल्टिंदा १८ जना यात्रु घाईटे भएका छन ।कलंकीबाट भक्तपुर जाँदै गरेको बा ३ ख २१४२ नम्बरको यात्रु बाहक बस अगाडी रोकि राखिएको ज १ च ५९२ नम्बरको एम्बुलेन्स संग ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ । घाईते सम्पूर्ण यात्रुको ग्वार्को स्थित बी एण्ड बी हस्पिटलमा उपचार भईरहेको र सबैको अवस्था सामान्य रहेको जनाईएको छ ।

बसका चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।