मनोरञ्जन समाचार समाज

मध्यपुरमा तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम सम्पन्न ।

Buzz Education

कार्तिक -१३ गते तेस्रो नेशनल एपिक अवार्डको उत्कृष्ट ५ मा पर्न सफल भएका बिभिन्न सर्जकहरुलाई शनिवार मध्यपुर थिमि नगरपालिका बोडे स्थित कुमारी पार्कमा आयोजित एक भब्य कार्यक्रमका बिच प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका संगको सहकार्यमा तेस्रो नेशनल एपिक नेपाल म्युजिक अवार्ड यही मंशिर ११ गते बोडे स्थित कुमारी पार्कमा हुदैछ ।

बिज्ञापन
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

बिभिन्न ३२ शिर्षकमा लोक दोहरी, आधुनिक /पप बिधा, पप / लोकपप र भाषाभाषि बिद्याबाट बिभिन्न कलाकार तथा सर्जक हरु सम्मानित गरिने एपिक अवार्ड को उत्कृष्ट ५ लाई मनोनयन प्रमाणपत्र बितरण कार्यक्रममा सयौ ख्याति प्राप्त राष्ट्रिय गायक , गायिका, संगीतकार, गीतकार, म्युजिक भिडियो निर्देशक, मोडल तथा कलाकार हरू लगाएत अभिनय क्षेत्रका दिग्गज कलाकार एवम संगीत प्रेमि महानुभाव हरुको उल्लेख्य उपस्थिति थियो।

बिज्ञापन
बिज्ञापन

निर्धारित समय भन्दा केही ढिला शुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ रहनु भएको थियो भने अन्य अतिथि हरुमा ख्याति प्राप्त कलाकार मोहन निरौला, उत्तम केसी, बरिष्ठ कलाकार पुकार भट्टराई, नृत्य निर्देशक संघ का केन्द्रीय अध्यक्ष भूवन दास श्रेष्ठ, कलाकार बिष्णु सापकोटा, समाजसेवी बिनय जंग बस्नेत, श्रीदेब भट्टराई, निर्देशक देबेन्द्र पाण्डे, चलचित्र पत्रकार जीवन पराजुली ,आयोजक संस्थाका एपिक नेपाल म्युजिक प्रालिका उपाध्यक्ष कृष्ण लाल साहुखलः ,चलचित्र निर्देशक माधब खरेल, कलाकार सारदा गिरी लगाएत दर्जनौ कलाकार हरु संस्थाका महासचिब राजेन्द्र पुरी लगाएत पदाधिकारीहरूको उपस्थिति थियो भने कार्यक्रमको सभापतित्व आयोजक संस्थाका अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक बबिता श्रेष्ठ ले गर्नु भएको थियो ।

तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम
तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि तथा मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले कला र संस्कृतिमा धनी मध्यपुर थिमिमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको उल्लेख्य उपस्थितिले मध्यपुर थिमि नगरपालिकाले सन२०२१ लाई visit madhyapur का रूपमा मनाई रहेको सन्दर्भमा ठूलो योगदानको रूपमा लिनुपर्ने बताउनु हुँदै नगरपालिकाले एवार्ड आयोजक संग सहकार्य गर्नु पर्नाको कारण र उद्देश्य प्रस्ट्याउनु भयो । उहाले मध्यपुर थिमि लाई सर्जक कलाकार तथा म्युजिक भिडियो सर्जक हरुले सदुपयोग गर्नेमा आशाबादी रहेको बताउनु भयो ।

प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठ
प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठ

अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन , कला गलाको सम्मान, हाम्रो अभियान नारा लिएर अगाडी बढीरहेको एपिक अवार्डमा लोक दोहरी बिद्या अन्तरगत सर्वोकृष्ट लोकगीत, सर्वोकृष्ट लोक दोहरी गायक, सर्वोकृष्ट लोक दोहरी गायिका, सर्बोकृष्ट लोकदोहरी शब्द, सर्बोकृष्ट लोकदोहरी लय, सर्बोकृष्ट लोकदोहरी मोडल महिला तथा पुरुष , सर्वोकृष्ट लोक दोहरी भिडियो निर्देशक (अभिनय ) , सर्बोकृष्ट लोक दोहरी नृत्य निदेशक, सर्बोकृष्ट लोकदोहरी नवगायक तथा गायिका, सर्बोकृष्ट भिडियो छाँयाकार, सर्बोकृष्ट भिडियो सम्पादन, सर्बोकृष्ट मोडल पुरुष / महिला सर्बोकृष्ट मोडल महिला नव / पुरुष नव, सर्बोकृष्ट म्युजिक भिडियो नव रहेका छन।


त्यस्तै आधुनिक /पप बिद्या अन्तरगत सर्बोकृष्ट आधुनिक गाएक / गायिका, सर्बोकृष्ट आधुनिक गितकार, मोडल पुरुष, मोडल महिला र सर्बोकृष्ट भिडियो निर्देशक रहेका छन् ।
त्यस्तै पप / लोक पप बिधामा पप /लोक गायिका र पप लोक गायिका रहेका छन् ।
त्यस्तै गरी भाषा भाषि बिद्यामा काठे / गायिका , देउडा गायक / गायिका, नेपाल भाषा गायक / गायिका रहेका छन् ।
मध्यपुर थिमि नगरपालिका संगको सहकार्यमा तेस्रो नेशनल एपिक नेपाल म्युजिक अवार्ड यही मंशिर ११ गते बोडे स्थित कुमारी पार्कमा हुदैछ ।

फोटो फिचर

तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम
तेस्रो एपिक अवार्ड उत्कृष्ट ५ लाई प्रमाण पत्र बितरण कार्यक्रम

 

Buzz Education

ताजा समाचार

मध्यपुर -८ बोडेको गाँखुमा एक पुरुष मृत फेला |

Madhyapur Diary

निलबाराही नाचका देवगणलाई मध्यपुर थिमि नगरपालिकाद्वारा पुजा चढाउने कार्य सम्पन्न ।

Madhyapur Diary

महेश बस्नेतलाई देउवाको चुनौति मलाई हैन दुर्लभ थापालाई हराएर देखाउनुस ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy