भदौ २५ – मध्यपुर थिमि नगरपालिका वडा न.८ बोडे स्थित ऐतिहासिक पलिस्वाँ पुखुमा शुक्रबार आन्तरिक पर्यटन अभिबृद्धी गर्ने उद्देश्यले दुईवटा डुङगा सञ्चालनमा ल्याईएको छ । मध्यपुर थिमि नगरपालिकाको आर्थिक सहयोगमा ती डुङ्गाहरू नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठद्वारा उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको हो। यस संगै अब सम्पूर्ण आन्तरिक पर्यटकहरुले नगरको भ्रमण संगै डुङगा सयरको मज्जा लिन पाउने भएका हुन ।
१५ रोपनी जग्गामा फैलिएको ३०० बर्ष पुरानो मानिने बोडेको ऐतिहासिक कमल पोखरी मध्यपुर थिमि नगरपालिकाले बिशेष महत्वको परियोजनाको रूपमा लिदै यस्लाई संरक्षण, सम्बर्दन र प्रबर्दन गदै आएको छ । बि सं २०५१ सालमा कान्छी पोडीनीले यो पोखरीलाई व्यक्तिको नाममा नामसारी गरी बिभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेकोमा स्थानीय बासिन्दाको अगुवाईमा कानुनी प्रतिबाद हुँदै आएको छ। जिल्ला अदालत भक्तपुरबाट २०७५ सालमा स्थानीयको पक्षमा फैसला भईसकेपनि यो मुद्दा हाल उच्च अदालत पाटनमा अल्झिएको छ।
अदालतले पोखरीको संरक्षण कार्य नरोक्नु भन्ने आदेश रहेकाले मध्यपुर थिमि नगर पालिकाको अगुवाईमा स्थानीय बासीको साथ र समर्थनमा संरक्षण र सम्बर्दन हुँदै आएको छ।यो आर्थिक बर्षमा पोखरी संरक्षणका लागि नगरपालिकाले ७५ लाख बजेट बिनियोजन गरिएको छ।
डुंगा सञ्चालनमा आए संगै सो स्थानको पर्यटकिय बिकास हुनेमा स्थानीय बासिन्दा निक्कै आशाबादी देखिएका छन् ।
बिगतमा यो पोखरीको फुल टिपेर निलबाराही नाच तथा बिस्केट जात्रामा देबी देबता लाई चढाउने परम्परा रहेकोमा दसकौं सम्म संरक्षणको अभाबमा अलपत्र अवस्थामा रहदै आएको थियो ।
पछिल्लो समय पोखरीको वरिपरी ढलान सहितको फुटपाथ निर्माण भएसँगै मर्निङ वाक गर्न आउनेहरुको उल्लेख्य बृदि देखिएको छ भने हालै मात्र स्थानीय बासिन्दा को अगुवाईमा पोखरीमा उम्रेको झार हरूलाई व्यवस्थित गरिएपछी अझै आर्कषक बन्न पूगेको छ ।
पलिस्वॉ पुखुको सौन्दर्यले पर्यटक आकर्षित गर्न थाले सँगै सन्दरता लाई थप बढाउन तथा पोखरीलाई जिवन्त बनाउन नगरपालिकाले स्थानीय युवा उपभोक्ताहरूको हातमा डुङ्गा हस्तान्तरण गरिएको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भयो। डुङगा सन्चालनमा आए सँगै आन्तरिक र बाह्य पर्यटक संख्यामा बृद्धि हुने बिश्वास पनि प्रमुख श्रेष्ठले व्यक्त गर्नुभयो ।
आगामी दिनमा पोखरीको फुटपाथ लाई थप स्तरीय बनाउन तथा खालि खुट्टा पनि हिंड्न मिल्ने गरी तेल ईटा बिच्छ्याउने योजना रहेको प्रमुख श्रेष्ठको भनाई छ ।
यो आर्थिक बर्ष भित्रैपोखरी वरिपरीको बाटोलाई स्तरिय बनाउन बाक्लो ढुंगा छाप्ने भोजना रहेको जनाउनु भयो।
स्थानीय बासिन्दा पूर्ण हरी होनाले बोडेको कमलपोखरीमा यसरी डुङगा चलाईदा निक्कै खुशि भए को बताउनु भयो ।
कुमारी मन्दीर सुधार समितिका अध्यक्ष तथा स्थानीय बासिन्दा बिजय प्रजापतिले हालैमात्र स्थानीय युवा समुहले पोखरीलाई कुरूप बनाएको घाँसलाई १० – १२ दिन लगाएर सफा गरेको बताउनुभयो । समुहकै नेतृत्वमा हालैमात्र २० हजार भूरा माछा छोडिएको बताउनु भयो ।
उहाँले नगरपालिकाबाट प्राप्त भएको दुईवटा डुंगा लाई निकट भबिष्यमा निश्चित नियमावली बनाई सर्वसाधारण को लागि खुल्ला गरिने जानकारी दिनुभयो ।
पछिल्लो समय मध्यपुर थिमि नगरपालिकाले सम्पदा संरक्षणमा देखाएको लगाब लाई लिएर स्थानीय बासिन्दा
खुसि देखिएका छन ।