
फाल्गुन शुक्ल पूर्णिमाको दिन नेपालका बिभिन्न भागहरूमा एक आपसमा रंग र पानीको प्रयोग गरी मनाईने होली पर्बलाई मेलमिलाप, सौहार्दता र रमाईलो पर्वका रूपमा लिई मनाउने चलन रहि आएको छ ।
जाडो यामको अन्त्य संगै बसन्त ऋतुको प्रारम्भ भएपश्चात सम्पूर्ण नेपाली हरुको लागि हर्षोल्लाशपूर्ण चाडको रूपमा प्रचलित यस पर्वमा बिभिन्न जातजातिले बिभिन्न ठाउँहरूमा आआफ्नै किसिमले होली मनाउने गरेका छन ।फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ।काठमान्डौको बसन्तपुरमा हप्ता दिन अगाडी गाडिएको चिर संगै सुरु हुने होली पर्व चिर ढालिएसँगै समाप्त हुन्छ भने नेपालकै तराई क्षेत्रमा भने काठमान्डौ लगायत पहाडि क्षेत्रमा मनाइने दिनको भोलिपल्ट तराई होलीका रूपमा मनाउने चलन रहिआएको छ ।

दैत्यराज हिरण्य कश्यपले भगवान बिष्णुका भक्त बालक छोरा प्रल्हादलाई कुनैपनि हालतमा मार्न नसकि रहेको अवस्थामा आगोले जलाउन नसक्ने बरदान पाएकी आफ्नी बहिनी होलीकालाई प्रल्हादलाई जलाउने उद्देश्य राखि चितामा राखि आगो लगाउंदा शक्तिको दुरुपयोग गलत ठाउँना गर्न पुगेकी होलीका बरदानका बाबजुद आगोमै जलेर मृत्यु बरण गरेको किम्बदन्ती रहिआएको छ । यसरी असत्य माथि सत्यको जितको प्रतिकको रूपमा होली पर्व मनाउन थालिएको बताइन्छ । तर बर्तमान समयमा होली पर्वको मर्म बिर्संदै गएका छन भने बिकृति र बिसंगतिलाई जन्माउँदै लगेको पाइन्छ ।

त्यसो त होली पर्वको महत्व र रमाईलो सँगै बिकृतिको रूपमा रहेका केही पक्षलाई भने होली पर्व संगै जोडिएर हेर्ने गरिएकोमा भने पछिल्लो समय प्रशासनको कडाई संगै केही सुधार हरु समेत देखिन थालिएको छ । जबरजस्ती अरुलाई रंग दलिदिने, फोहर पानि यूक्त बेलुन वा प्लास्टिक प्रहार गरी बाटो हिंडने ब्यक्तिहरू समेतलाई असर पुर्याउने गतिबिधि समेत हाम्रो समाजमा छ । बदलिदो मानबिय चेतना संगै केही सुधारका संकेतहरू देखिएपनि अद्यपि समाज अझै पुरानै आचरण मा रुमलिएको पनि उदाहरणहरू भेटिन्छन ।
रमाईलो गर्ने बाहानामा अत्याधिक मदिरा सेवन गर्दै होहल्ला गदै हिंड्ने, झै झगडा गर्दै हिंड्ने, तिब्र गतिमा सवारी चलाउने जस्ता समस्याका कारण दुर्घटना हुने जस्ता बिक्रतिहरू पछिल्लो समय देखिने गरेका छन ।
आफु आफुमा मिलेर खेल्ने होली पर्वलाई रमाईलोको नाममा अपरिचित ब्यक्तिलाई समेत इक्छा बिपरित रंग तथा अबिर दलिदिने, लोला हान्ने चलन मौलाएको छ जुन कुनैपनि हालतमा सहि भन्न सकिन्न ।
उत्साह र उमंगको पर्वको रूपमा रहेको होली पर्व मा देखिएको बिकृतिको रूपमा मानब शरीर, बिभिन्न संवेदनशिल अंग हरू जस्तै आंखा, छाला, कान लगायत का अंगहरूमा असर पुर्याउने बिभिन्न केमिकल युक्त रंगहरू प्रयोग गर्ने प्रचलन समेत रहेको छ । एकछिनको रमाईलोका खेलिने होलीमा सामान्य लापरबाहिको कारण जीवन भरको लागि शारीरीक नोक्सानी भोग्न पर्ने हुन सक्छ । गुणस्तरहीन रंग मा प्रयोग गरिएका बिभिन्न रसायनहरुले छालामा एलर्जी, दाग, चिलाउने जस्ता समस्या ल्याउने गरेका छन भने आंखा जस्तो संबेदनशिल अंगमा असर पुगि एलर्जी, रातो हुने समस्या, पाक्ने वा संक्रमण हुने, र बिभिन्न रसायन प्रयोग गरी बनाईएका रंगहरू को प्रभाबले अन्धोपन जस्ता समस्या पनि आउन बेर छैन । होलीको रौनकमा भुल्दै गर्दा यी कुराहरूमा पनि ध्यान दिन जरूरी छ ।
छट वा कौशीमा बसि होली खेल्दा छटबाट लड्ने, घाईते हुने वा मृत्युहुने जस्ता दुर्घटना समेत हुने गरेकोमा बिशेषगरी ससाना बालबालिकाको सन्दर्भमा अभिभावक बर्ग बिशेष चनाखो हुन जरूरी छ ।
अझ बर्तमान परिवेशमा कोरोना महामारीको जोखिम कायम रहेको अवस्थामा सामाजिक दुरी र सुरक्षाका उपायहरू अपनाई, भिडभाड नहुने गरी खेल्न जरूरी देखिन्छ । धेरै बेर पानिमा खेल्दा रुघा, खोकि, निमोनिया वा घाटी दुख्ने समस्या आदी हुन सक्छ ।
अचेल यूवा पुस्तामा होली मनाउने भनी साथीभाई जम्मा भई चर्को स्वरमा गीत संगीत बजाई खानपान, नाचगान गरी रमाइलो गरी मनाउने चलन पनि बृदि हुँदै गएको देखिन्छ । आफु बस्ने टोल छिमेकिलाई के कस्तो असर पर्ला भनी नसोचिकनै आफ्नै धुनमा रमाउन खोज्नु उपयुक्त हुँदैन । यहि समाजमा बस्ने रोगि, बिरामी, असक्त मानिस पनि हुन सक्छन जस्लाई यी यस्ता गतिबिधि हरुले निक्कै असर गरीरहेको हुन सक्छ । आफुले होली मनाउँदै गर्दा अरुको मानब अधिकारमा असर परे नपरेको हेक्का राख्न सक्नु असल र सभ्य नागरीकको परिचय हो ।
आधुनिक समयमा पनि होली पर्वलाई देखिएका बिकृति बिसंगति बाट अछुतो रहि असत्य माथि सत्यको बिजयको पर्व र मेलमिलापको पर्वको रूपमा यस्को प्रयोग हुन जरूरी छ ।
प्रशासनले आफ्नो भूमिका आफै खोजी सक्रियताका साथ अनावश्यक रूपमा गलत गर्ने लाई कारबाही गर्न सकेको खण्डमा र व्यक्ति आफैमा पनि सचेत भई सौहार्दपूर्ण रूपमा होली मनाएको खण्डमा सुनमा सुगन्ध हुने थियो ।
लेख – बिज्ञान श्रेष्ठ
सम्पादक – www.madhyapurdiary.com

