कार्तिक – ४ -बलिउडका उदयमान नायिका अनन्या पाण्डेको घरमा प्रहरीले छापा मारेको छ । आर्यन खानको केस को अनुसन्धानका क्रममा उदयमान नायिका अनन्या संग च्याटमा ड्रग्स सम्बन्धि कुराकानी भएको पाईएकाले उक्त छापा मारेको बताईएको छ ।
क्रुज ड्रग्स पार्टी केशमा एन सी बी ले उक्त च्याटलाई अदालतमा प्रमाणको रुपमा पेश गरेको छ । संचार माध्यममा आए अनुशार क्रुज पार्टीमा अनन्या पनि समावेश भएको र एनसीबीले सुरुमा नै उनलाई त्यहाँबाट जान दिएको भारतीय सञ्चार माध्यमले रिपोर्ट प्रकाशित गरेका छन् ।