मनोरञ्जन समाचार समाज

थिमिको बालकुमारीमा “थम्ह थमसिता म्हासिकी” लघु चलचित्रको सार्वजनिक प्रदर्शनी तथा सम्मान कार्यक्रम सम्पन्न ।

Buzz Education

कार्तिक -१३ मध्यपुरका कलाकार तथा युवा निर्देशक सन्जीप जोशि श्रेष्ठले निर्देशन गरेको चलचित्र “थम्ह थम्हसित म्हासिकी ” को मध्यपुर थिमि वडा न ४ बालकुमारी प्राङ्गणमा एक कार्यक्रमका बिच सार्वजनिक प्रदर्शनि गरीएको छ । मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ को प्रमुख अतिथ्यतामा गरीएको लघु चलचित्र प्रदर्शनीमा स्थानीय बासिन्दालाई निशुल्क सार्वजनिक प्रदर्शनी गरिनुको अलावा चलचित्र निर्माणमा संलग्न कलाकार तथा प्राबिधिक एवम निर्माण पक्षलाई प्रशंशा पत्र प्रदान गरी सम्मान गरीएको थियो ।

कार्यक्रममा बोल्नहुदै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले पछिल्लो समय मध्यपुर थिमिका युवा पुस्ता छोटा चलचित्र निर्माणमा सक्रिय देखिनु निक्कै नै सकारात्मक कुरा रहेको र अन्य एकाध नगपालिका हरुले कला संस्कृति र मौलिकता झल्काउने चलचित्र हरुको प्रतिस्पर्धा गर्ने गरेकोमा मध्यपुर थिमिमा पनि आगामि दिनमा चलचित्र कर्मीहरूलाई प्रोत्साहन स्वरूप केही योजना बनाएर अगाडी बढन सकिने बताउनु भयो ।

ऐतिहासिक बालकुमारी मन्दिर प्राङगणमा आयोजित उक्त कार्यक्रममा लघु चलचित्र “थम्ह थम्हसित म्हासिकी” हेर्नका लागि उल्लेख्य संख्यामा दर्शक हरुको उपस्थिति रहेको थियो ।
चुनाब बाडे निर्माता रहेको उक्त लघु चलचित्रमा कथा, सम्बाद तथा निर्देशन सन्जीप जोशि श्रेष्ठको रहेको छ । I


आफुहरुले समाजमा घटेका घट्ना हरुलाई आधार बनाएर बनाएको सामाजिक बिसंगति बिरुद्धको उक्त चलचित्रले दर्शकहरुको अपार माया पाउन सकेकोमा आफु ज्यादै उत्साहीत बनेको निर्देशक तथा कलाकार सन्जीप जोशि श्रेष्ठले बताउनु भयो।
फोटो फिचर –

Buzz Education

ताजा समाचार

“अरु भन्दा हाम्रा छोरा नातिहरू विदेश पठाउने कुराले च्वास घोच्छ ”-वडा अध्यक्ष रमेश थापा श्रेष्ठ

Madhyapur Diary

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

Madhyapur Diary

पाथीभरामा साढे आठ करोड भेटी संकलन

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy