काठमाडौँ – बलिउडका चर्चित अभिनेत शाहरुख खानका छोरा आर्यनले आफुले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को पुछताछका क्रममा आर्यन र अरबाज मर्चेन्टले ड्रग्स लिने गरेको कबुल गरे संगै स्थिति थप जतिल बनेको छ ।
आर्यनले चरेस खाने स्वीकार गरेपछि शुक्रबार किला कोर्टमा जमानतको लागि गरिएको अपील पनि खारेज भएको छ । त्यहाबाट अपील खारेज भए पनि आर्यनका वकिल सतीश मानशिन्देले सेशन कोर्टमा अपील गर्ने बताएका छन् । क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा गिरफ्तार भएर जेलमा रहेका आर्यनले शुक्रबार ड्रग्स लिने गरेको बताएका थिए । सोमबार आर्यनको जमानतलाई लिएर नयाँ रणनीति बनाउने वकिलले बताएका छन् ।
एनसीबीले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मार्दा शाहरुखका छोरा आर्यन खानसहित १३ जनालाई हिरासतमा लिएको थियो ।
एजेन्सी