टीभी मनोरञ्जन

शाहरुखका छोराको ड्रग्स लिने गरेको बयान स्थिति जतिल बन्दै ।

Buzz Education

काठमाडौँ – बलिउडका चर्चित अभिनेत शाहरुख खानका छोरा आर्यनले आफुले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् ।  नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) को पुछताछका क्रममा आर्यन र अरबाज मर्चेन्टले ड्रग्स लिने गरेको कबुल गरे संगै स्थिति थप जतिल बनेको छ ।

आर्यनले चरेस खाने स्वीकार गरेपछि शुक्रबार किला कोर्टमा जमानतको लागि गरिएको अपील पनि खारेज भएको छ । त्यहाबाट अपील खारेज भए पनि आर्यनका वकिल सतीश मानशिन्देले सेशन कोर्टमा अपील गर्ने बताएका छन् । क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा गिरफ्तार भएर जेलमा रहेका आर्यनले शुक्रबार ड्रग्स लिने गरेको बताएका थिए । सोमबार आर्यनको जमानतलाई लिएर नयाँ रणनीति बनाउने वकिलले बताएका छन् ।

एनसीबीले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मार्दा शाहरुखका छोरा आर्यन खानसहित १३ जनालाई हिरासतमा लिएको थियो ।

एजेन्सी

 

Buzz Education

ताजा समाचार

ड्रग्स पार्टीबाटशाहरूख खानका छोरा पक्राउ

Madhyapur Diary

मध्यपुरमा हुने एपिक नेपाल म्युजिक अवार्ड सम्बन्धमा शुक्रबार सिद्धिकालीमा पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम हुने ।

Madhyapur Diary

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy