काठ्मान्डौको मूलपानीमा जबर्जस्ती यौन धन्दामा लगाईएका पाँच किशोरीहरुलाई माईती नेपालको समन्वयमा केन्द्रिय अनुसन्धान ब्युरोले उद्दार गरेको छ ।
मूलपानी स्थित आफ्नै घरमा सिन्धुपाल्चोक घर भएका सीता बुढाथोकिले यौन धन्दा चलाई ग्राहक बोलाई ती किशोरी हरुलाई बाध्य पारी यौन धन्दा चलाउँदै आएको बताईएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागी महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको जनाईएको छ ।
