खेलकुद शिक्षा

ग्ल्याडस्टोनमा ६१ जना स्काउटलाई दिक्षा

Buzz Education

मध्यपुर थिमि- ८ – बोदे अवस्थित ग्ल्याडस्टोन एकेडेमीले ग्ल्याडस्टोन स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न गर्‍यो ।विद्यालयका सहायक प्रधानाध्यापक विनोद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका स्काउट शिक्षक तथा राष्ट्रिय ट्रेनर भुवनचरण श्रेष्ठले ६१ जना स्काउट विद्यार्थीलाई दिक्षित गर्नु भएको थियो


विद्यालयको पूर्व प्राथमिक भवनको खेल मैदानमा आयोजित समारोहमा सहायक प्रधानाध्यापक भट्टराईले विभिन्न कोर्ष पूरा गरेका स्काउट विद्यार्थीलाई ब्याच तथा नयाँलाई स्कार्फ तथा डोरी प्रदान गर्नु भयो ।

विद्यालयका सहायक प्रधानाध्यापक बिनोद भट्टराईले विद्यालयमा स्काउटको महत्त्वको विषयमा चर्चा गर्नु हुँदै राष्ट्रको चौतर्फी विकास र व्यक्तिको व्यक्तित्व र नेतृत्व विकास गरि सवल तथा सक्षम नागरिक निर्माणका लागि विद्यालयमा स्काउटको अहम् भूमिका रहने बताउनु भयो ।

निकै उत्साहित स्काउट विद्यार्थीहरुको माझमा सम्पन्न कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्का ,स्काउट शिक्षक तथा राष्ट्रिय ट्रेनर भुवनचरण श्रेष्ठ , स्काउट प्रशिक्षक बिष्णु श्रेष्ठ विद्यालयका स्काउट शिक्षक पूर्ण आले र कवि थापा श्रेष्ठले आ आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

Buzz Education

ताजा समाचार

मध्यपुर लिगको २० औं खेलमा वडा ५ द्वारा वडा ९ पराजित – नतिजा – ३ – ०

Madhyapur Diary

राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिब रमेश शिलवाल पदमुक्त

Madhyapur Diary

बाँसबारी जग्गा प्रकरण : विनोद चौधरीकाे बयान लिन लामिछानेको आग्रह

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy