खेलकुद समाचार

साफ च्याम्पिनसिपमा आज नेपाल र भारत फुटबल म्याच खेल्दै ।

Buzz Education

काठमाडौँ – दक्षिण यसियाली मुलकहरु सहभागि भएको  माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्दै छन् । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टोली भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र भारतबीचको खेल आज राति पौने १० बजे सुरु हुने छ । सात पटकको साफ च्याम्पियन भारतविरुद्ध नेपाल जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छ ।प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रही सुरुआती दुई खेलहरूजितेको  नेपाल उच्च मनोबलका साथ मैदान उत्रिंदैछ ।

भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । भारतविरुद्धको खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बताएका छन् । भारतसँग नहार्ने गरी खेल्ने उनको भनाइ छ ।

Buzz Education

ताजा समाचार

मध्यपुरका सुरेन्द्र तुबन्जा श्रेष्ठ प्याबसन भक्तपुर अध्यक्षमा निर्वाचित ।

Madhyapur Diary

मध्यपुर प्याब्सन द्वारा आयोजित अन्तर बिद्यालय फुट्सल प्रतियोगितामा ग्लाड स्टोन ऐकेडेमी प्रथम

Madhyapur Diary

ब्यबसायी दुर्गा प्रसाई एमालेमा प्रवेश

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy