Uncategorized

बोदेको ग्ल्याडस्टोन एकेडेमीमा स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न

मध्यपुर थिमि- ८ – स्थित ग्ल्याडस्टोन एकेडेमीले स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न गर्‍यो ।विद्यालयका सहायक प्रधानाध्यापक विनोद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विद्यालयका स्काउट शिक्षक तथा राष्ट्रिय ट्रेनर भुवनचरण श्रेष्ठले ६१ जना स्काउट विद्यार्थीलाई दिक्षित गर्नु भएको थियो


विद्यालयको पूर्व प्राथमिक भवनको खेल मैदानमा आयोजित समारोहमा सहायक प्रधानाध्यापक भट्टराईले विभिन्न कोर्ष पूरा गरेका स्काउट विद्यार्थीलाई ब्याच तथा नयाँलाई स्कार्फ तथा डोरी प्रदान गर्नु भयो ।

विद्यालयका सहायक प्रधानाध्यापक बिनोद भट्टराईले विद्यालयमा स्काउटको महत्त्वको विषयमा चर्चा गर्नु हुँदै राष्ट्रको चौतर्फी विकास र व्यक्तिको व्यक्तित्व र नेतृत्व विकास गरि सवल तथा सक्षम नागरिक निर्माणका लागि विद्यालयमा स्काउटको अहम् भूमिका रहने बताउनु भयो ।

निकै उत्साहित स्काउट विद्यार्थीहरुको माझमा सम्पन्न कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्का ,स्काउट शिक्षक तथा राष्ट्रिय ट्रेनर भुवनचरण श्रेष्ठ , स्काउट प्रशिक्षक बिष्णु श्रेष्ठ विद्यालयका स्काउट शिक्षक पूर्ण आले र कवि थापा श्रेष्ठले आ आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

ताजा समाचार

नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ भक्तपुरको दोस्रो अधिवेशन सम्पन्न ।

Madhyapur Diary

मध्यपुर थिमिको बालकुमारी साकोसले २५ औ बार्षिक उत्सबको अवशरमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्ने ।

Madhyapur Diary

महेश बस्नेतलाई देउवाको चुनौति मलाई हैन दुर्लभ थापालाई हराएर देखाउनुस ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy