भक्तपुर – भदौ १८ राष्ट्रिय युवा संघ नेपाल मध्यपुर थिमि ९ वडा कमिटीले आयोजना गरेको वडा कमिटी घोषणा कार्यक्रममा बोल्नु हुदै नेकपा ऐमाले सांसद तथा पूर्व मन्त्रि मा.महेश बस्नेतले भक्तपुरमा ऐमाले फुटाउन चाहनेको नामोनिसानी नरहेको बताउनु भएको छ । उहाले नेकपा ऐमालेलाई कम्जोर बनाउने शक्ति देशभर कमजोर बनेको बताउनु भएको हो।
पार्टी निर्माणको मजबुद आधार वडा कमिटी नै भएको बताउनु हुँदै यस्लाई जगको रूपमा लिनुपर्ने बताउनु भयो ।
ऐमाले भन्दा कांग्रेस धेरै कमजोर रहेको बताउनु हुदै उहाले नेपाली कांग्रेस एमाले पछिको दोस्रो दल भएकोले प्रतिस्पर्धी दल मान्नु पर्ने उहाँले बताउनुभयो ।
ऐमाले काम गरी देखाउने पार्टी रहेको बताउदै आफ्ना कार्यकर्तालाई कुरा नभई काम गरी देखाउन आग्रह गरेका छन ।
३ बर्षको अवधिमा भक्तपुर साँच्चै विकास भएको बताउनु हुँदै आज भक्तपुर साँच्चै समृद्ध बनेको बताउनु भएको छ ।
previous post
