समाचार

थिमिमा चर्को बील आएको भनी बम राखेको खुलासा

Buzz Education

भदौ – ६ ‘ मध्यपुर थिमि – होटलमा बस्दा धेरै बिल आयो भनि भक्तपुरको मध्यपुर थिमि -३ स्थित दिब्यश्वरी गेष्टहाउस एण्ड रेस्टुरेन्टमा प्रेसर कुकर बम राखिएको पाईएको छ।

शनिवार राती दस तीस बजे प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलिको सहयोगमा बम डिस्पोज गऱ्यो र प्रहरी यस्को अनुसन्धानमा जुत्यो । बम किन र कस्ले राख्यो भन्ने थाहा पाउन सुरू गरेको अनुसन्धानका क्रममा गेष्टहाउसमा केही समय अगाडी रहेका पाहुनाले नै होटलको बील धेरै आएको भनी तर्साउने हिसाबले उक्त बम राखिएको पाइएको हो।

अनुसन्धान गर्ने क्रममा गेस्टहाउसमा केही समय अगाडी एक पाहुना संग झगडा परेका खुल्न आयो र काभ्रे घर भएका रबिन तामाङ संग उक्त बिषयमा थप सोधपुछ गर्दा उक्त गेष्टहाउसमा बसुन्जेलको बील धेरै आएकोले आफूले तर्साउने हिसाबले उक्त रेस्टुरेन्ट एण्ड गेष्टहाउसमा प्रेसर कुकर बम राखेको स्वीकारेका छन।
प्रहरीका अनुसार तामाङले बिस्पोट हुने प्रणाली राखेका थिएनन । उक्त काम गर्दाको समय मादक पदार्थ सेवन गरेको पाईएको छ। तामाङ बोधिचित्तको कारोबारमा संलग्न रहेको पाईएको प्रहरीले जनाएको छ ।
मध्यपुर डायरी

Buzz Education

ताजा समाचार

मध्यपुर -८ बोडेको मिनी कोशी तप्पुमा हिउँदेचराहरुको गणना गरिंदै ।

Madhyapur Diary

मध्यपुर थिमि नेपाली कांग्रेस नगर अधिवेसनमा हरिदास प्रजापतिको प्यानल बिजयी ( नामावली सहीत )

Madhyapur Diary

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy