दिल्ली काठ्मान्डौ एकतर्फी भाडादर पचासहजार
कोलिड – 19 को कारण उडानहरू प्रतिस्पर्धि र नियमित हुन नसक्दा नेपाल भारत यात्रा गर्ने यात्रुहरूले चर्को भाडा तिर्नु परेको छ ।
थोरै संख्याका कारण यात्रुको चाप बढी हुन जादा बायुसेवा सञ्चालकहरुले सिमिट सिटको बहाना देखाई चर्को भाडा असुलेका हुन्।
पछिल्लो समय एकतर्फी भाडा ने पचास हजार पुगेको छ जबकी कोभिड अगाडी एकतर्फी भाडा मात्र आठ हजार थियो।
कोभिडको दोस्रो लहर आएपछी नेपालले नेपाल बायुसेवा निगम र एअर इन्डीयालाई १ – १ साप्ताहिक उडान गर्न अनुमति दिएको थियो।
कोभिडको प्रभाब घटदै गएपछी जुलाई २४ बाट दुबै कम्पनीलाई साप्ताहिक रुपमा ३ – ३ उदान अनुमति प्राप्त छ जस अनुशार नेपाल बायुसेवा निगमले सोमबार , बुधबार र शनिवार उदान गर्छ भने आईतबार, मंगलबार र शुक्रबार एअर इन्डीयाले उडान भर्छ।
पछिल्लो समय भारतमा कोरोणा संक्रमनको दर र डर दुबै घटेसंगै ब्यबसाय, अध्यन र स्वास्थ उपचार लगाएतका कामकालागि भारत जाने यात्रुहरुको घुईचो लाग्ने गरेको छ ।
previous post
next post