समाचार समाज

तिहारको दोस्रो दिन आज कुकुर तिहार ।

Buzz Education

नेपाली हरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार हो । यस दिनमा कुकुरलाई पूजा गरेर माला लगाई खाना खान दिने यस विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मान्न सकिन्छ । कुकुर तिहारको दिन मानव समाज र कुकुरहरु बीचको प्रगाढ सम्बन्धको अर्चना गरिन्छ ।

हिन्दु धर्म शास्त्रमा कुकर तिहारको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिसले यमराजबाट दण्ड पाँउछन् भन्ने विश्वास रहि आएको छ । त्यसैले यस दिन विहान सबेरै उठेर नित्यकर्म र स्नान गरिसकेपछि कुकरको पूजाआजा गर्ने चलन छ ।

नेपालमा मात्रै नभई विश्वमै कुकुरहरु सुरक्षा र हेरचाहको लागि पालिने गरिन्छ । गोठहरुमा धेरै पशुपालन गर्ने कृषकहरुले गोठालोको रुपमा पनि कुकुर पाल्ने गर्छन् । त्यस्तै कुकुरले प्राकृतिक प्रकोप आउनुपूर्वनै केही समयअगाडि नै थाहा पाउँछ र भुकेर यस्ता कुराहरुको पूर्वसूचना दिने गर्छन् । जति सुकै दुःख कष्ट आइपरे पनि कुकुरले आफ्नो मालिकको साथ कहिल्यै नछोड्ने बफादार प्राणीको रुपमा कुकुरलाई लिइन्छ । मानिसहरूको ईशारा मात्रै हैन भावना समेत बुझ्न सक्ने प्राणीको रुपमा कुकुरलाई लिइन्छ । त्यसैले मानिसले कुकुरलाई आफ्नो भरपर्दो साथीको रुपमा लिने गर्छन् ।

Buzz Education

ताजा समाचार

पाँचबुँदे प्रतिबद्धतासहित सरकारलाई टिकटकको पत्र : फुकुवाका लागि आग्रह

Madhyapur Diary

साफ च्यापियनसिपमा नेपाल उपबिजेता

Madhyapur Diary

खाद्य गोदाममा कुकुरले टोकेर २३ च्याङ्ग्रा मरे

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy