समाचार

निलबाराही नाच

कला र संस्कृतिले भरिपूर्ण भक्तपुर जिल्लाको मध्यपूर थिमिको बोडेमा ऐतिहासिक नीलबाराही गणनाच हरेक बर्ष भाद्र कृष्ण पक्ष दितीया देखि पञ्चमी सम्म ३ रात चार दिन नचाइन्छ।
बिशुद्ध तान्त्रिक विधिबाट मुकुन्डोहरूमा देवी देवताहरुको प्राण गरी नचाईने यस नाचमा भैरब – १ , बाराही -४ ‘ सिह – ४ कुमारी ४ द्वारपाल -२ र गणेश -४ गरी जम्मा १९ जना देवीदेवता हरु समावेश हुन्छन ।
यस्का अलावा यस नाचलाई ब्यबस्थित बनाउन बिभिन्न गुरुहरू बाद्यबाधन गणहरू , त्यस्का गुरुहरू र नाचलाई व्यबस्थापन गर्न बिभिन्न जिम्मेबारी दिईएका अन्य ब्यक्तिहरू पनि समावेश हुन्छन ।
यस निलबाराही नाचको ऐतिहासिक तथ्यहरूलाई नियालेर हेर्ने हो भने यो नाच नेपाल सम्बत ६३३ मा देशमा परेको अनिकाल हताउन राजा सुवर्ण मल्लले भकपुरमा नवर्दुगा नाच , थिमिमा भैरब नाच र बोडेमा निलबाराही गणनाचको
सुरुवात गरेको भन्ने ऐतिहासिक प्रमाणहरू पाईन्छ ।
तर किम्बदन्तीलाई नियालेर हेर्ने हो भने बोडे निवासी एक जना धों थरका किसानलाई निलबाराही जंगल नजिकै “चुलिचा ” भनिने स्थानमा रहेको आफ्नो खेतमा कृषि कर्म गर्दै गर्दा निलबाराही भगवान स्वयम स्थालको रूप धारण गरी उक्त किसानलाई निलबाराही जंगलमा लगेको र उक किसान लाई निलबाराही गणनाच सम्बन्धी सम्पूर्ण बिधि बिधान सिकाई पहिलेकै खेतमा छोडीएको भन्ने जनधारणा रही आएको छ । स्मरण रहोस चुलिचा भनिने स्थान र नाच र नाचबिधि सिकाईएका भनिने स्थान ” ग” ख्योचा हाल सम पनि उठेको छ।

ताजा समाचार

नेपाल भारत दोस्रो मैत्रिपुर्ण फुटबल खेलमा भारत बिजयी

Madhyapur Diary

हिउँले टल्कियो रारा

Madhyapur Diary

आज कृष्ण जन्मास्टमी – सरकारले दियो सार्वजनिक बिदा

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy