Uncategorized

रबि लामिछाने थप १३ दिन हिरासतमा रहने ।

Buzz Education

 

  रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृह मंत्री रबि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय  कास्कीलाई जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिसा नवराज दाहालको इजलासले उक्त अनुमति दिएको हो । गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका लामिछाने माथि यतिबेला प्रहरीले संगठित अपराध र सम्पति सुद्दिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई मुद्दामा थप अनुसन्धानका लागि हालसम्म ४ पटक म्याद थप गरिएको छ । कार्तिक २ गते काठमाण्डौ बनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी ४ गते पहिलो पटक ६ दिन ,दोश्रो पटक ८ गते ७ दिन र तेस्रो पटक कार्तिक २० गते १० दिन म्याद थप गरिएको थियो । लामिछाने संगै गोर्खा मिडियाका पूर्व संचालक पूर्व डीआइजी छबिलाल जोशी ,लीला पछाई र राम बहादुर खनालसमेतलाई १३ दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।

Buzz Education

ताजा समाचार

dfdfd

Madhyapur Diary

मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ बैंकक प्रस्थान

Madhyapur Diary

काठ्मान्डौमा चितुवाको आक्रमण बाट एकै घरका ५ जना घाईते ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy