Uncategorized

रबि लामिछाने थप १३ दिन हिरासतमा रहने ।

 

  रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृह मंत्री रबि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय  कास्कीलाई जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधिसा नवराज दाहालको इजलासले उक्त अनुमति दिएको हो । गत कार्तिक २ गते सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका लामिछाने माथि यतिबेला प्रहरीले संगठित अपराध र सम्पति सुद्दिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । लामिछानेलाई मुद्दामा थप अनुसन्धानका लागि हालसम्म ४ पटक म्याद थप गरिएको छ । कार्तिक २ गते काठमाण्डौ बनस्थली स्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरी ४ गते पहिलो पटक ६ दिन ,दोश्रो पटक ८ गते ७ दिन र तेस्रो पटक कार्तिक २० गते १० दिन म्याद थप गरिएको थियो । लामिछाने संगै गोर्खा मिडियाका पूर्व संचालक पूर्व डीआइजी छबिलाल जोशी ,लीला पछाई र राम बहादुर खनालसमेतलाई १३ दिन हिरासतमा राख्न म्याद थप गरिएको हो ।

ताजा समाचार

सुख : मात्र एक दृष्टिकोण

Madhyapur Diary

बिनायक शिक्षालाई जिल्लास्तरीय कराँतेमा स्वर्णपदक

Madhyapur Diary

मध्यपुर थिमिमा बिश्व पर्यटन दिवश मनाईयो ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy