Uncategorized

नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप

Buzz Education

२५ कात्तिक- एक नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।भारतको बैंग्लोर

विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड बराबरको नगद र गहना चोरिएको भन्दै तीन दिनअघि बैंग्लोर प्रहरीमा उजुरी दिएका हुन् ।

 

घरका मालिका जैनले घरको लकरबाट ती सामानहरू चोरिएको बताएका छन् र यसमा उनका नेपाली कर्मचारी नवराज र उनकी पत्नी संलग्न रहेको दाबी गरेका छन् ।

नवराजले ६ महिनाअघि स्टोरमा काम थालेका थिए र उनलाई बस्ने ठाउँ नभएपछि घरको बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिएको बताइएको छ । त्यसक्रममा उनकी श्रीमतीले जैनको घरायसी काममा पनि सहयोग गर्दै आएको समाचारमा भनिएको छ ।

प्रहरीले बताएअनुसार, सामान चोरी भएका बेला जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको थियो । त्यही बेला नवराजले श्रीमती र थप दुई जना अज्ञात व्यक्तिको सहयोगमा घरमा प्रवेश गरेर सम्पति चोरी लगेको आरोप लगाइएको छ ।

स्थानिय पत्रिका डेकन हेराल्डका अनुसार, प्रहरीले उनीहरु नेपाल भागिसकेको आशंका गरेको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर लिगको २५ औं खेलमा वडा न १ बिजयी । नतिजा -१-०

Madhyapur Diary

व्यभिचारको आरोपमा सुडानमा महिला माथि ढुङगा प्रहारगरी मृत्युद्वन्द

Madhyapur Diary

प्राकृतिक झरना वा छहरो पर्यटक लोभ्याउने म्याग्दी झरना

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy