कला मनोरञ्जन विश्व समाचार समाज

फिल्म नपाउँदा मदिराको लतमा फसेका थिए बबी देवल

Buzz Education

बलिउड अभिनेता बबी देवल कुनै समय फिल्म नपाएर मदिराको लतमा फसेका थिए। काम नपाएर आफू मदिराको लतमा फसेको खुलासा बबी स्वयंले गरेका छन्।

सन् २०१३ मा फिल्म ‘यमला पगला दिवाना २’ रिलिज भएपछि उनले अचानक काम पाउन छोडे। कामको खोजीमा बबीले धेरै तनाव झेल्नुपर्‍यो र त्यो तनाव कम गर्न मदिरा पिउन थाले । र, विस्तारै लत नै लाग्यो।

एक अन्तर्वार्तामा बबीले पुराना दिन सम्झँदै भनेका छन्, ‘काम नहुँदा म मदिराको नसामा डुबेको थिएँ। दिनभर घरमै बसिरहन्थें। मलाई आफूले गलत गरिरहेको महसुस पनि थियो। मेरा छोराछोरीले के सोच्लान् भन्ने लाग्थ्यो। त्यतिबेला मलाई म आफैंप्रति दया लागेको थियो।’

सन् १९९५ मा फिल्म ‘बरसात’ बाट बलिउडमा डेब्यू गरेका बबीले सोल्जर, बादल, बिच्छु, अजनबी, हमराज जस्ता हिट फिल्म दिएका छन्।

अहिले प्रदर्शन भइरहेको रणवीर सिंह अभिनित फिल्म ‘एनिमल’मा बबीले खलनायकको भूमिका निर्वाह गरेका छन्।

Buzz Education

ताजा समाचार

बसन्त चौधरीलाई हृदयघाट- दुबाईमा सर्जरी हुँदै

Madhyapur Diary

अबिरल बर्षाका कारण नष्ट भएको धान बालीको क्षतिपुर्ति दिन राष्ट्रपतिको आग्रह ।

Madhyapur Diary

कमल थापा द्वारा राप्रपा बाट अलग भएको घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy