Uncategorized

स्पानिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने

Buzz Education

स्पानिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने भएको छ । अल्भारेजका लागि एट्लेटिकोले ८१.५ मिलयन पाउण्ड तिर्न सहमत भएको बीबीसीले जनाएको छ ।

एट्लेटिकोले सुरुमा ६४.४ मिलियन पाउण्ड तिर्ने र बाँकी १७.१ मिलियन पाउण्ड पछि तिर्नेगरी सहमति भएको हो ।

सिटीले कुनै पनि खेलाडीको बहिर्गमनबाट पार्ने यो कीर्तिमानी रकम हुनेछ । यसअघि चेल्सीले सिटीका रहिम स्टर्लिङका लागि ५० मिलियन पाउण्ड खर्च गरेको थियो ।

पेरिस ओलम्पिकमा अर्जेन्टिनाको यू २३ टिमबाट खेलेका अल्भारेजले ओलम्पिकपछि आफ्नो भविष्यको निर्णय गर्ने बताएका थिए ।

अर्जेन्टिना फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै पेरिस ओलम्पिकबाट बाहिरिएको थियो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले २४ वर्षीय अल्भारेजलाई क्लबमै राख्न चाहेका थिए र नयाँ सिजनका लागि अल्भारेजलाई पनि गणना गरेको बताएका थिए ।

तर सिटीले क्लब छाड्ने कुनै पनि खेलाडीलाई रोक्ने प्रयास गरेको छैन । यसअघि इक्ले गुन्डोगान, रियाद महारेज र एमरेक लापोर्टाको हकमा पनि यस्तै भएको थियो ।

एट्लेटिको मड्रिडले चेल्सीका मिडफिल्डर कोनोर गालेघरलाई पनि अनुबन्ध गर्नका लागि सहमति गरिसकेको छ ।

अर्जेन्टाइन फरवार्ड अल्भारेजले सन् २०२२ मा रिभर प्लेटबाट सिटीमा अनुबन्ध भएका थिए । जहाँ उनले १०६ खेल खेल्दै ३६ गोल गरेका थिए ।

अल्भारेजले सिटीमा पहिलो सिजनमै क्लब ट्रेबल जितेका थिए । यस्तै सन् २०२० मा अर्जेन्टिनाले फिफा विश्वकप जित्दा उनी टिमको सदस्य थिए ।

Buzz Education

ताजा समाचार

dfdfd

Madhyapur Diary

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

Madhyapur Diary

बोडेकी क्यान्सर पिडित सुजनाको उपचारका लागि खानेपानी ब्यबसायीहरूद्वारा रू ९२ हजार सहयोग प्रदान

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy