Uncategorized

स्पानिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने

स्पानिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने भएको छ । अल्भारेजका लागि एट्लेटिकोले ८१.५ मिलयन पाउण्ड तिर्न सहमत भएको बीबीसीले जनाएको छ ।

एट्लेटिकोले सुरुमा ६४.४ मिलियन पाउण्ड तिर्ने र बाँकी १७.१ मिलियन पाउण्ड पछि तिर्नेगरी सहमति भएको हो ।

सिटीले कुनै पनि खेलाडीको बहिर्गमनबाट पार्ने यो कीर्तिमानी रकम हुनेछ । यसअघि चेल्सीले सिटीका रहिम स्टर्लिङका लागि ५० मिलियन पाउण्ड खर्च गरेको थियो ।

पेरिस ओलम्पिकमा अर्जेन्टिनाको यू २३ टिमबाट खेलेका अल्भारेजले ओलम्पिकपछि आफ्नो भविष्यको निर्णय गर्ने बताएका थिए ।

अर्जेन्टिना फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै पेरिस ओलम्पिकबाट बाहिरिएको थियो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले २४ वर्षीय अल्भारेजलाई क्लबमै राख्न चाहेका थिए र नयाँ सिजनका लागि अल्भारेजलाई पनि गणना गरेको बताएका थिए ।

तर सिटीले क्लब छाड्ने कुनै पनि खेलाडीलाई रोक्ने प्रयास गरेको छैन । यसअघि इक्ले गुन्डोगान, रियाद महारेज र एमरेक लापोर्टाको हकमा पनि यस्तै भएको थियो ।

एट्लेटिको मड्रिडले चेल्सीका मिडफिल्डर कोनोर गालेघरलाई पनि अनुबन्ध गर्नका लागि सहमति गरिसकेको छ ।

अर्जेन्टाइन फरवार्ड अल्भारेजले सन् २०२२ मा रिभर प्लेटबाट सिटीमा अनुबन्ध भएका थिए । जहाँ उनले १०६ खेल खेल्दै ३६ गोल गरेका थिए ।

अल्भारेजले सिटीमा पहिलो सिजनमै क्लब ट्रेबल जितेका थिए । यस्तै सन् २०२० मा अर्जेन्टिनाले फिफा विश्वकप जित्दा उनी टिमको सदस्य थिए ।

ताजा समाचार

नेपाल कोरिया मैत्री अस्पतालमा पुन स्वास्थ्य बिमा सञ्चालन हुदै ।

Madhyapur Diary

भक्तपुर जिल्ला पावरलिफटिङ संघको गठन । अशोक घजुको नेतृत्व ।

Madhyapur Diary

महेश बस्नेतलाई देउवाको चुनौति मलाई हैन दुर्लभ थापालाई हराएर देखाउनुस ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy