शिक्षा समाचार स्वास्थ्य

विनायकमा स्वास्थ्य परीक्षण कार्यक्रम

विनायकमा स्वास्थ्य परीक्षण कार्यक्रम
Buzz Education

मध्यपुर थिमि भक्तपुर स्वस्थ शरीर ,स्वच्छ दिमाग: स्वास्थ्य सचेतना, हाम्रो सरोकार भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आएको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुल मध्यपुर थिमि भक्तपुरले यही २०८० माघ २६ गते पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गर्यो। पूर्व प्रावि तहमा अध्ययनरत करिब १९७ जना विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिएको उक्त कार्यक्रम लुनिभा हेल्थ केयरको प्राविधिक सहयोगमा आयोजना गरिएको थियो । अधिकांश अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण पश्चात औषधि समेत वितरण गरिएको थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले स्वागत तथा कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै बालबालिकाको स्वास्थ्य हाम्रो सरोकार, गुणस्तरीय शिक्षा विनायकको आधार भन्दै सुरु गर्नुभएको उक्त कार्यक्रमको प्रमुख अतिथ्यता मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो।

साथै विद्यालयले आफ्ना नानीहरूको स्वास्थ्यमा चासो राख्दै स्वच्छ तथा स्वस्थ वातावरण तयार गरी एक्काइसौँ शताब्दीको आवश्यकता अनुसारको वैज्ञानिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्न लागिपरेकोमा उपस्थित सम्पूर्ण अभिभावकहरूले यस्तो उदाहरणीय र प्रशंसनीय कार्यप्रति आभार समेत व्यक्त गर्नुभएको थियो। साथै कार्यक्रममा उपस्थित अतिथिहरूले विनायक हरेक क्षेत्रमा अब्बल रहनुको पछाडि विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जाेड दिएकाे कारणले अगाडि बढ्न सकेकाे कुरा बताउनुभयो ।

Buzz Education

ताजा समाचार

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली हुने ।

Madhyapur Diary

शे फोक्सुन्डो ताल हेर्न जाने क्रममा लडेर युवती खोलामा बेपत्ता ।

Madhyapur Diary

आज नीलबाराही मन्दिर प्राङ्गनमा श्रमदाता तथा पत्रकार भेला हुँदै – समय – दिउसो ३ बजे ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy