समाचार समाज

४२ बर्ष पछि मनोहरामा भेटियो सेतो पंखे फ्यालफ्याले ।

Buzz Education

भाद्र – ८ त्यसो त बन्यजन्तु फोटोग्राफर सञ्जय था श्रेष्ठ चराचुरुङगीको फोटो खिच्न नेपालका बिभिन्न स्थान, जङ्गल, आरक्ष , निकुन्ज धाइरहन्छन । यस बीचमा उनले ६ सय १९  प्रजातिका दुर्लभ चराहरुको फोटो खिचिसकेका छन भने कतिपय निक्कै दुर्लभ चराहरूको रेकर्ड उनको नाममा पनि छन । घुम्न र चराहरूको फोटो खिच्न जहां पुगे पनि उनी बारम्बार पुगिरहने घर नजिकको एउटै ठाउं हो मनोहरा किनारा जुन ठाउं लाई आज भोलि मिनी कोशी टप्पु को नामले समेत चिनिने गरिन्छ ।

तस्बीर – दिपक बुढाथोकि


भदौ ७ को परिदृश्य पनि उहि थियो । उनी आफ्ना पंक्षी प्रेमी सहकर्मी हरुका साथमा चराहरूको अवलोकन गर्न मिनी कोशी टप्पु अर्थात मध्यपुर ८ बोडे स्थित मनोहरा किनार पुगे । उनी लगायत सोम जिसी, जय भन्दारी, बिमल थापा, युभिन श्रेष्ठ, दिपक बुढाथोकि, हेम कटुवाल र कमल थापा लगायतका पंक्षि प्रेमिहरूको टिमले मंगलबार ग्रिष्मकालिन विरल वटुवा सेतोपंखे फ्यालफ्याले ४२ वर्ष पछि दोस्रो पटक काठमाण्डौ उपत्यकाको मनोहरा खोला क्षेत्रमा अभिलेख गरिएको छ । समुन्द्री सतह को ७५ देखि ९१५ मिटर सम्म देखिने यो प्रजाति अन्य फ्यालफ्याले को तुलनामा निक्कै कम संख्यामा देखिने गरीएको छ ।

तस्वीर – दिपक बुढाथोकि

काठमाण्डौ उपत्यका, मधुवन, कोशी वर्ड अब्जरभेटरी लगायतका स्थानहरूमा सानो संख्यामा अभिलेख गरिएको नेपालका संकटापन्न चराहरुको रातो किताबमा समेत उल्लेख गरिएको छ । यस प्रजाति सन् १९८१ को मे महिनामा क्रावी ले पोखराको फेवातालमा नेपालका लागि पहिलो पटक अभिलेख गरिएको थियो ।फ्यालफ्याले चरा संरक्षित क्षेत्र कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज आदि स्थानमा बढी पाईने गरिएको छ ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिमा तीन पुस्तक सार्वजनिक |

Madhyapur Diary

मध्यपुर – ८ बोडेको अष्टमंगल साकोसको नवौं बार्षिक साधारणसभा सम्पन्न ।

Madhyapur Diary

काठ्मान्डौको मूलपानीमा यौन धन्दामा लगाईएका ३ युवतीको उद्दार

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy