Uncategorized

चन्द्रयान-३ को लागत ‘आदिपुरुष’ चलचित्र भन्दा पनि कम !

Buzz Education

भारतले बुधबार आफ्नो चन्द्रयान-३ अन्तरिक्ष यानलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गरेर इतिहास रच्यो । अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै छोएर भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ भने दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलाे देश बनेकाे छ ।

चन्द्रमाको दक्षिणी ध्रुव निकै कठिन र अँध्याराे भाग भएकाले चन्द्रयान-३ मिसनका लागि ठूलो चुनौती थियो । तर, भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले यी चुनौतीहरूलाई पार गर्दै अन्तरिक्ष यानलाई बुधबार साँझ नेपाली समयअनुसार ६ः१८ मा सफलतापूर्वक अवतरण गराएकाे छ ।

योसँगै भारतको अन्तरिक्ष कार्यक्रमको लागि चन्द्रयान-३ मिसन अहिलेसम्मकै ठूलो उपलब्धि बनेको छ । यो अन्तरिक्ष शक्तिको रूपमा भारतको बढ्दो प्रतिष्ठाको लागि पनि ठूलो सफलता हो । तर यो मिसनको लागत भने निकै कम भएको रिपोर्टहरूले उल्लेख गरेका छन् ।

चन्द्रयानका लागि भारतले ६१५ करोड भारु अर्थात् १० अर्ब नेपाली रुपैयाँ (७५ मिलियन डलर) खर्च गरेको छ । यो पछिल्लो समय प्रदर्शनमा आएको भारतीय चलचित्र आदिपुरुषभन्दा पनि सस्तो लागत हो । आदिपुरुषका लागि ७०० करोड भारु खर्च भएको अनुमान छ ।

यतिमात्रै होइन, चन्द्रयान-३ हलिउडका पछिल्ला ब्लकबस्टर चलचित्रहरू ओप्पेन्हेइमेर र बार्बीको निर्माण खर्चभन्दा पनि सस्तो परियोजना बनेकाे छ । ओप्पेन्हेइमरका लागि यसको निर्माण टोलीले करिब १०० मिलियन डलर र बार्बीका लागि करिब १४५ मिलियन डलर खर्च गरेका थिए ।

इसरोको इन्जिनियरिङ कौशल र लागत बचत उपायहरूको प्रमाण स्वरुप थोरै लागतमा चन्द्रयान-३ सफल भएको हो । याे मिसन भारतको अन्तरिक्ष कार्यक्रममा एउटा प्रमुख काेशेढुंगा बनेकाे छ ।

यो परियोजनाको मुख्य उद्देश्य नै चन्द्रमामा पानीको बरफको फेला पार्नु हो । जसले निकट भविष्यमा मानवका लागि चन्द्रमा उचित वासस्थान हुन्छ वा हुँदैन भन्ने निश्चित गर्नेछ । चन्द्रमाको दक्षिण ध्रुव सधैं अँध्यारो हुने भएकाले त्यस क्षेत्रमा पानीको बरफ हुने सम्भावना उच्च भएको अनुमान गरिएकाे छ ।

चन्द्रयान-३ सफल भएसँगै अब मानवयुक्त मिसनसहित चन्द्रमामा भविष्यका मिसनहरूको लागि मार्ग प्रशस्त गरेकाे इसराेका वैज्ञानिकहरूले बताएका छन् ।

Buzz Education

ताजा समाचार

मध्यपूर थिमिमा प्रेसर कुकर बम भेटियो अनुसन्धान हुँदै

Madhyapur Diary

आज नीलबाराही मन्दिर प्राङ्गनमा श्रमदाता तथा पत्रकार भेला हुँदै – समय – दिउसो ३ बजे ।

Madhyapur Diary

काठमाडौँ जिल्ला प्रहरी परिसरले घरधनीहरूलाई विशेष आग्रह गरेको छ। प्रहरीले कोठा वा घर भाडामा दिँदा डेरामा बस्ने व्यक्तिहरूको आधिकारिक विवरण राख्न घरधनीहरूलाई सुझाएको

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy